काठमाण्डौ । उत्तर कोरियाले आफ्नो देशमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गरिरहेको छ । तर उसको यो दाबीमा अब शंका र प्रश्न गर्न थालिएको छ ।  उत्तर कोरियाले देशमा कोरोनाको संक्रमण नदेखिनुुमा देशको सीमा लामो समयदेखि बन्द रहनुुलाई यसको कारण देखाइरहेको छ ।

तर, दक्षिण कोरियामा रहेका अमेरीकी सेनाका वरिष्ठ कमान्डरले उत्तर अमेरीकाको यो दाबीलाई झुठ र असफल प्रयासको संज्ञा दिएका छन् । 

तर, हालै बिबिसी संगको कुुराकानीमा उत्तर कोरियाका एक विशेषज्ञले त्यहाँ कोरोनाको संक्रमणलाई नकार्न नसकिने, तर ठूलो स्तरमा संक्रमणको फैलावटको आशंका कम रहेका बताएका थिए । 

शुुक्रबार एएफपीसँग कुुरा गर्दै उत्तर कोरियाको एन्टी एपेडेमिक मुुख्यालयका निर्देशक पाक म्योङले उत्तर कोरियामा एउटा पनि कोरोना संक्रमित नरहेको बताएका थिए । उनले उक्त कुराकानीको क्रममा उत्तर कोरियाले संक्रमण रोक्नलाई पहिलेदेखि नै सक्रिय र वैज्ञानिक कदम चालेको बताएका थिए । जस्तै कि विदेशबाट आएका मानिसको जाँच र क्वारेन्टाइनमा राख्ने, सबै सामानलाई सेनीटाइज गर्ने र सबै जल, स्थल र वायुु सिमालाई पूर्ण रुपमा बन्द गर्ने । 

के उत्तर कोरियाको दाबी सत्य हुनसक्ला ?
दक्षिण कोरियामा रहेका अमेरीकी सेनाका कमाण्डरले उत्तर कोरीयाको यो दाबी झुठो भएको बताएका छन् । उनले सिएनएन र भ्वाईस अफ अमेरीकाले लिएको संयुुक्त अन्तर्वार्तामा भने, “हामीलाई प्राप्त जानकारीका आधारमा म के कुुरा ढुुक्कसंग भन्न सक्छु ुभने उत्तरको यो दाबी आधारहिन छ । त्यहाँ कोरोना छैन भन्ने कुुनै आधार छैन । किनकी उत्तर कोरियाको सिमाना चीन र दक्षिण कोरिया संग जोडिएको छ । उत्तरको कोरियाको चीनसँग जुुन प्रकारको व्यापारिक सम्बन्ध रहेको त्यसबाट लाग्दैन कि त्यहाँ कोरोनाको कुुनै पनि संक्रमण छैन भनेर ।” यसका साथै उनले त्यहा ठूलो स्तरमा कोरोना नफैलिएको पनि हुुनसक्ने बताएका छन् । 

उत्तर कोरियाले कोरोना संक्रमण संकटको सामना कसरी गरिरहेको छ ? 
यसमा कुुनै पनि आशंका छैन कि उत्तर कोरियाले अन्य देशको तुुलनामा कोरोना नियन्त्रण र रोकथामका लागि सक्रिय भएर प्रभावकारी कदम चालिरहेको छ भनेर । उत्तर कोरियाले जनवरीमै आफ्ना सबै सिमाहरु सिल गरिसकेको थियो । र, पछि प्योङयाङमा आउने सबै विदेशी पाहुुनाहरुलाई क्वारेन्टाइनमा राखेको थियो । त्यस बखत चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको थियो । एनके न्युुजका अनुुुसार उत्तर कोरियाले आफ्ना १० हजार नागरिकहरुलाई आइसोलेसनमा राखेको थियो र ५०० जना अहिले पनि आइसोलेसनमा रहेका छन् । 

के उत्तर कोरियाली जनता कोरोनाभाइरसबारे जानकार छन् त? 
ओलिभ हेटम उत्तर कोरियाका अधिकांश मानिसहरु कोरोनाबारे जानकार रहेका मान्दछन् । उनले बिबिसलाई भने,“उत्तर कोरियामा मिडिया कभरेज धेरै छ र हरदिन अखबारको एक पुुरै पन्नामा उत्तर कोरियाले घरेलुु र अन्तराष्ट्रिय घटना र परिस्थितिसँग जुुध्न प्रयास र कदमहरुबारे चालिदै छन् भनेर लेखिएको हुुन्छ । 

सोल स्थित कुुकमिन विश्वविद्यालयका शोधकर्ता फ्योडोर टेरटिटिस्कीले उत्तर कोरियामा मानिसहरुलाई कोरोनाबाट कसरी बच्ने भनेर जानकारी पनि दिइदै गरेको बताएका छन् । 

उत्तर कोरियामा स्वास्थ्य सुुविधाको अवस्था कस्तो छ ?
विशेषज्ञका अनुुसार उत्तर कोरियाका अलग अलग स्थानमा अलग अलग स्तरको स्वास्थ्य सुुविधा छ । फ्योडोरका अनुुसार उत्तर कोरियाको स्वास्थ्य अवस्था उसको जत्तिकै पर क्पापिटा जिडिपि भएका विश्वका अन्य देशको तुुलनामा कयौं गुुणा स्तरीय छ । “उत्तर कोरियाले आफ्ना धेरै जसो चिकित्सकहरुलाई तालिम दिएको छ । त्यहाँका डाक्टरहरुमा पश्चिीमा डाक्टरभन्दा कम अनुुभव, ज्ञान र तलब भए पनि उनीहरु आफ्ना देशका नागरिकको स्वास्थ्यको ठिक ढंगबाट हेरचाह गर्न सक्षम छन् ।” उनले भने । 

ओलिभ होटम पनि फ्योडोेरको कुुरामा सहमत छन् तर उनले त्यहाँका डाक्टरहरुसंग कोरोना जस्तो गम्भीर समस्यासँग जुुध्न पर्याप्त र गुुणस्तरीय उपकरण र स्वास्थ्य सुुविधा नभएको बताए । 

उत्तर कोरीयामाथि लागेका प्रतिबन्धका कारण उसलाई स्वास्थ्य सामाग्री र सुुरक्षाका उपकरणहरु खरीद गर्न गाह्रो छ । ओलिभ हटमले सहरी क्षेत्रमा स्वास्थ्य सुविधाको व्यवस्था भए पनि ग्रामिण क्षेत्रमा अपेक्षाकृत रुपमा त्यस्ता सुुविधाहरु उपलब्ध नरहेको बताए । उनका अनुुसार त्यहाँका कयौ अस्पतालमा फन्डिङको कमी छ भने कयौमा पानी र बिजुुलीको आपूर्ति राम्रो छैन । 

के उत्तर कोरियाले संक्रमणको घटना लुुकाइरहेको छ ?
यदि उत्तर कोरियाले विश्वसामुु त्यहाँ कोरोना संक्रमण छ भन्छ भने त्यो उसका लागि हारको संकेत हो । ओलिभ होटम भन्छन्, “उत्तर कोरिया यो महामारी संग कसरी जुुधिरहेको छ, यसबारेमा धेरै प्रोपोगाण्डाहरु छन् । यदि त्यहाँ कोरोना संक्रमण रैछ भने त्यो उसका लागि हार स्वीकार गरेको मानिनेछ । यसले उत्तर कोरियाली जनतामा त्रासको अवस्था सिर्जना उत्पन्न हुुनेछ । यदि मानिसहरु धेरै संख्यामा पलायन हुुन थाले भने त्यसले अस्थिरता र संक्रमणको जोखिम पनि बढ्न सक्छ । फ्योडोर टेरटिटिस्कीका अनुुसार उत्तर कोरिया संक्रमणको घटना लुुकाएर आफ्नो छबि बचाउने कोशिश गरिरहेको छ ।