काठमाण्डौ । किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले ५० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा पुगेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार २ सय ५० कित्ता सेयर निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

यो कम्पनीले हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमीटेडलाई नियुक्त गरेको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड ८० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि ७ करोड २० लाखको उचाईमा पुग्नेछ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ६३ लाख ३२ हजार खूद नाफा आर्जन गरेको थियो ।