काठमाण्डौ । यदि तपाई कुनै बिजिनेश गर्न गइरहनुुभएको छ भने यसमा तपाईको जन्मदिनले खास महत्व राख्नसक्छ । हुनसक्छ कि तपाई कुनै खास दिन जन्मिनुुभएको हो, जसका कारण अरुको तुलनामा धनी बन्ने भाग्य तपाईको पो छ कि ? यो बिषयका जानकारहरु समेत तपाईको प्रत्येक दिनले खास अर्थ राख्ने बताउँछन् । उनीहरुको भनाईमा कतिपय मानिसको जन्मदिन उनीहरुको पेशा वा सफलताको एउटा कडी समेत बन्नसक्छ ।
 
हामीले केही विदेशी मिडियाको सहयोगमा कुन दिन जन्मिने मानिसहरु बढी धनी भएका छन् भन्ने सामाग्री तयार गरेका छौ । यो सर्भेका लागि ती मिडियाहरुले फोब्र्सको अर्बपतिको सूचिको मद्धत लिएका हुन् । टप १०० धनीको जन्मदिनबाट उनीहरु जन्मिएको बार निकालिएको छ । त्यसपछि कुन बार जन्मिनेहरु बढीभन्दा बढी १०० अर्बपतिको सूचिमा छन् भन्ने कुरा हेर्दा निकै रोचक तथ्य भेटिएको बताइएको छ । 
 
सर्भेको क्रममा यो निस्कियो कि अर्बपतिको सूचिमा सबैभन्दा धेरै व्यक्ति त्यस्ता थिए, जो शुक्रबार जन्मिएका हुन् । पूरा सूचिमा शुक्रबार जन्मिने अर्बपतिको संख्या १७ रहेको छ । अब हेरौं कुन दिन जन्मिने मानिस कति अर्बपति भए त ? 
 
जन्म दिन                                      संख्या
शुक्रबार                                  १७.४ प्रतिशत
शनिवार                                  १५.९ प्रतिशत
मंगलबार                                 १५.९ प्रतिशत
आइतबार                                १४.७ प्रतिशत
बुधबार                                   १३.६ प्रतिशत
सोमबार                                 १२.५ प्रतिशत
बिहीबार                                 १०.२ प्रतिशत
नोट : टप १०० अर्बपतिको सूचिमा ८८ मानिसको जन्मिएको दिन सामेल छ, बाँकीको जन्मबार भेटिएन । 
 
शुक्रबार जन्मिएका केही अर्बपतिहरुको नाम यस्तो छ:
  • बिल गेट्स
  • मूकेश अम्बानी
  • चाल्र्स कोच
  • डेविड कोच
  • एलिस वाल्टन
यी राशिका मानिस सर्वाधिक धनी
फोब्र्सको अर्बपतिको सूचिको अध्ययन गर्दा त्यहाँ कुम्भ राशिका मानिसहरुको संख्या धेरै पाइएको सर्वेक्षणमा उल्लेख छ । टप १० धनीको सूचिमा कुम्भ राशिका मानिसको संख्या १३ प्रतिशत भन्दा माथि रहेको छ । फोब्र्सले यो सर्भे सन् १९९६ देखि २०१५ सम्मका हरेक वर्षका टप १०० अर्बपतिको सूचिको आधारमा गरेको थियो ।