काठमाण्डौ । बित्तीय पहुँचको बिस्तारको सरकारी नीतिअनुसार वाणिज्य बैंकहरुले विभिन्न स्थानीय तहमा शाखा बिस्तारको कामलाई तीव्र पारेका छन् । चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा ७ वटा प्रदेशका ७ सय ५३ मध्ये ३ सय ३२ स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा स्थापना भइसकेका छन् ।

नेपाल राष्ट्रबैंकका अनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी बैंकका शाखा प्रदेश नम्बर ५ मा बिस्तार भएको छ । यो प्रदेशमा मंसिर मसान्तसम्म ६८ वटा स्थानीय तहमा वाणिज्य बैंकको शाखा बिस्तार भइसकेको छ । 

सबैभन्दा कम प्रदेश नम्बर ६ मा रहेको छ । त्यहाँका १५ तहमा मात्रै वाणिज्य बैंकको शाखा बिस्तार भएको छ । 

सबैभन्दा बढी स्थानीय तह रहेको प्रदेश नम्बर  १ मा वाणिज्य बैंकका ६४ शाखा बिस्तार भएका छन् । यो प्रदेशमा १३७ स्थानीय तह छन् । 

कुन प्रदेशमा वाणिज्य बैंकको कति शाखा बिस्तार भए, हेरौं यो सूचि: