काठमाण्डौ ।
देव विकास बैंकले घोराही बजारक्षेत्रभित्र थप दुई शाखा विस्तार गरेको छ ।

देव विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको गत माघ ७ गते आयोजित एक कार्यक्रम बीच बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्गबाट औपचारिक उद्घाटन भएको छ । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष  बज्र गुरुङ्गले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै बैंकलाई कुमारी बैंक लि.सँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए । कार्यक्रममा देव विकास बैंक लि.का संचालक विजय राज शर्मा भुषाल , खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष देवीलाल शर्मा ,रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमोद रेग्मीको समेत उपस्थिति थियो ।

यसै गरी घोराही उपमहानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको हिजो माघ ०८ गते बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्ग (अ.प्रा.) को सभापतित्वमा आयोजित समारोहमा प्रमुख अतिथि, घोराही उप महानगरपालिका नगर प्रमूख नरुलाल चौधरीले समुद्घाटन गरे । कार्यक्रममा  विशेष मन्तव्य राख्दै घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम एउटै बजार क्षेत्र भित्र दुई वटा शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइ दिएको र बैंकले वित्तीय साक्षरता तथा पहँुचमा बृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा देव विकास बैंक लि.का संचालक विजय राज शर्मा भुषाल , घोराही उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल ,नागरिक समाज, दाङ्गका अध्यक्ष चन्द्र राज पन्त , दाङ्ग महिला जेसिस २०२० का अध्यक्ष, जीवा भुषालले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य दिनु हँुदै बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देव विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखी अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंक लि.सँग एक्विजिशनमा जान लागेको जानकारी दिए । 

कार्यक्रममा, बैंकका क्षेत्रिय प्रमुख , पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।