काठमाण्डौ । कुमारी बैंक लिमीटेडलाई नेपाल धितोपत्र बोर्डले २ बराबर १ अनुपातमा हकप्रद निश्कासनको स्वीकृृति दिएको छ । 

बोर्डले फागुन १ गते कुमारी बैंकलाई १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता १ सय रुपैयाँ अंकित मूल्यको हकप्रद निश्कासनको स्वीकृति दिएको हो । 

बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्ने बताइएको छ । 

कुमारी बैंक लिमीटेडको चुक्तापूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट कुमारी बैंकले आफ्ना लगानीकर्ताले २१ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । प्रस्तावित ५० प्रतिशत हकप्रद र बोनस सेयर समेत वितरणपछि बैंकको चुक्तापूँजी ४ अर्ब ६१ करोड रुपैयाँ पुुग्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ । कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई अक्वायर गर्दैछ ।