काठमाण्डौ । कुमारी बैंक लिमीटेडले अक्वायर गर्न लागेको चारवटै बैंक तथा बित्तीय संस्थालाई समान सेयर स्वाप रेसियोमा खरीद गर्ने भएको छ । 

कुमारी बैंकले २०७३ असोज १८ गते काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीसँग अक्वायरको सम्झौता गरेको थियो । 
मर्जरमा रहेका संस्थाको डिडिए रिपोर्ट अनुसार कुमारीले चारवटै संस्थालाई १०० बराबर ८५ सेयर स्वाप रेसियोमा खरीद गर्ने भएको हो । 

बैंकका अनुसार चारवटा कम्पनीको एक्वीजिसनपछि चुक्तापूँजीमा १ अर्ब ६४ करोड रुपैयाँ थपिनेछ । कुमारी बैंक लिमीटेडले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट २१ प्रतिशत बोनस सेयर र त्यसपछि ५० प्रतिशत हकप्रदको समेत प्रस्ताव गरेको छ । बोनस र हकप्रद सेयर समेत निश्कासनपछि बैंकको चुक्तापूँजी ६ अर्ब ५४ करोड पुुग्ने बताइएको छ ।