काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४० करोड १९ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १४.२६ प्रतिशतले बढेको हो । गत वर्ष बैंकको खुद नाफा ३५ करोड १८ लाख रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २५ करोड ४८ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५६ करोड ६२ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ५० करोड रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ९१ करोड ८५ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८१ करोड ७६ लाख रुपैयाँ नै रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ७८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २४ करोड रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ७३ अर्ब २० रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा गत वर्षको तुलनामा ७ प्रतिशतले बढ्दै २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार २ अर्ब ९ करोड रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.८३ रुपैयाँ र पीई रेसियो १०.७५ प्रतिशत रहेको छ ।