काठमाण्डौ । देवः विकास बैंकलाई प्राप्ति गरेर कुमारी बैंक लिमिटेडले यही असार २८ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।

गत जेठ १९ गतेसम्म सम्पन्न कुमारी बैंकको विशेष साधारणसभा र देवः विकास बैंकको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई पारित गरेका थिए। दुवै बैंकको सभाबाट पारित प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त भएपछि कुमारी बैंकले एकीकृत कारोबार सुरु गर्ने भएको हो। 

प्राप्तिपछिको एकीकृत कारोबारका लागि राष्ट्रबैंकले गत असार १० गते र कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार १४ गते अनुमति पाएका थिए।

कुमारी बैंकले देवः विकास बैंकलाई १ः०.८६ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो।