काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ । 

गत वर्षको यही अवधिमा बैंकको खूद नाफा २१ करोड १ लाख रुपैयाँ रहेकोमा करिब ३३ प्रतिशतले वृद्धि भएको हो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५ करोड ५० लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४६ करोड ४७ लाखमा सीमित थियो । 

बैकले ३९ अर्ब ९४ करोड निक्षेप संकलन गरी ३३ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ अर्ब ५३ करोड निक्षेप संकलन गरी २७ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो । 

दोश्रो त्रैमाससम्म बैंकले प्रोभिजनमा ९ करोड ७८ लाख रुपैयाँ राखेको छ भने ७ करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २.५५ प्रतिशत रहेको निस्क्रिय कर्जा अनुपात(एनपिएल) घटेर यो वर्ष १.१४ प्रतिशतमा झारिएको छ । 

दोश्रो त्रैमाससम्म कुमारी बैंकको चुक्तापूँजी २ अर्ब ६९ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । 

यो अवधिमा कुमारी बैंकको वार्षिकीकृत प्रति शेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा, प्रति सेयर नेटवर्थ १६० रुपैयाँ ८९ पैसा र मूल्यआम्दानी अनुपात १९.९३ गुणा कायम भएको छ । 

कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने प्रक्रिया जारी छ । एक्वायरअघि यो बैंकले ५० प्रतिशत हकप्रद जारी गर्नेछ । अक्वायरमा आएका अन्य बैंकहरुले समेत हकप्रद जारी गर्नेछ । हकप्रद, बोनस सेयर समेत हिसाब गरी अक्वायरपछि बन्ने कुमारी बैंकको चुक्तापूँजी ६ अर्ब बढी कायम हुने बताइएको छ ।