काठमाण्डौ । कुमारी बैंक लिमीटेडले लाखौं कित्ता सेयर लिलामीमा राखेको छ । 

यो कम्पनीले हकप्रद निश्कासनको क्रममा नबिकेको ११ लाख ४१ ह्जार ३ सय ७४ दशमलव ५० कित्ता सेयर लिलामीमा राखेको हो । 

बैंकले गत बैशाख २८ गतेदेखि १० बराबर २ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा १ करोड १९ लाख ३८ हजार ९ सय ९१ कित्ता सेयर १०० अंकित दरले निश्कासन गरिएको थियो । 

सो क्रममा बिक्री नभएको लाखौं कित्ता लिलामीबाट बिक्री गर्न लागिएको हो । 

बैंकको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । 

बैंकले लिलामीमा ल्याएकोमध्ये ५ लाख १ हजार ९ सय २१.६९ कित्ता सेयरमा बैंकको हाल कायम संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । तर, बाँकी कित्ताका लागि भने इच्छुक जोकसैले आवेदन दिन सक्नेछ ।

लिलामीबाट सेयर किन्न इच्छुक संस्थापकले न्यूनतम १ हजार कित्ता र सर्वसाधारणले भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीबाट सेयर किन्न चाहनेले न्यूनतम १०० रुपैयाँ प्रतिकित्ताका लागि बोल लगाउनुपर्नेछ । 

हकप्रदको क्रममा नबिकेको सेयर बिक्रीपछि यो बैंकको चुक्तापूँजी ७ अर्ब १५ करोडको उचाईमा पुग्नेछ । 

दोश्रो बजारमा कुमारी बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २०५ रुपैयाँ रहेको छ ।