काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमीटेडले “ग्रामीण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनता (ग्राहक)लाई बैंकिङ्ग सेवा पुर्याउने घोषित नीति अनुरुप भदौ २३ गते शुक्रबारदेखि चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका, वडा नं. ४, कुरिनटारमा आफ्नो ५५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।
 
सो शाखाको उद्घाटन ईच्छाकामना गाँउपालिका अध्यक्ष गीताकुमारी गुरुङ्ग तथा लुम्बिनी विकास बैक लिमीटेडका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले संयुक्त रुपमा गरे ।
 
स–साना निक्षेप परिचालन तथा कृषि एवम् साना ब्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो ।
 
यस विकास बैंकले सो शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबिएस, मोवाइल बैकिंग, रेमिटान्स, लकर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको र निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाण्डौंमा रही देशका विभिन्न भागमा कुल ५५ वटा शाखा सञ्जाल र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।