काठमाण्डौ । वर्षा कम भएपछि यो वर्ष कुलेखानी आयोजनाको जलाशय भरिन सकेको छैन । गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ ।

अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन ।

कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।‘सबैतिरबाट धोका पाएको प्राधिकरणलाई वर्षातले पनि धोका दिन लाग्यो,‘ उनले भने,‘भारतबाट एलइडी बल्ब, सोलार प्लान्ट निर्माण गर्न नसकिएको अवस्थामा प्रकृतिले पनि साथ दिएन।’ यो खबर आजको नागरिकमा छापिएको छ ।