काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कुष्ठरोग निवारण संघलाई रू ८०,८०० प्रदान गरेको छ।

संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यको शिक्षाका लागि उपयोग गर्नेछ ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटीएम  र १,३०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।