काठमाण्डौ । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङबीच व्यवसायिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो ट्रेडिङका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार द हबि अटो ट्रेडिङबाट ट्याक्टर, कृषिऔजार तथा हेभि इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो ट्रेडिङको सिफारिसमा सिभिल बैंकले ७० प्रतिशतसम्म कर्जा सुबिधा प्रदान गर्नेछ । 

हाल यो बैंकले देशभर ९६ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ।