काठमाण्डौ । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंकको आज (मंगलबार) बिहान बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको कुल ३० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो । बैठकले गत वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै बैंकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ ।