काठमाण्डौ । कृषि विकास बैंक लिमिटेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खराब कर्जा अनुपातमा सुधार गरेको छ ।

गत वर्षको यही अवधिको तुलनामा बैंकले खराब कर्जा अनुपातमा ०.८३ प्रतिशतले घटाउँदै ३.५९ प्रतिशतमा झारेको हो । गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको अनुपात ४.४२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ४ अर्ब २३ करोड रुपैयाँबराबर रहेको छ । जब कि गत वर्ष यही अवधिमा बैंकको खराब कर्जा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्षको तुलनामा ४.८२ रुपैयाँलेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस २८.३७ रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा बैंकको ईपीएस २३.५५ रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २७ अर्ब १३ करोड रुपैयाँबराबर निक्षेप संकलन गरी १ खर्ब १७ अर्ब ७७ करोड रुपैयाँबराबर कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब १० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको थियो ।