काठमाण्डौ । कृषि विकास बैंकले साधारण सेयरधनीलाई २१.०५३ प्रतिशत लाभांशत वितरणको घोषणा गरेको छ । 

बैंकको पुस २७ गते बिहान बसेको संचालक समितिको ७२८ औं बैठकले आर्थिक वर्ष ०७४/७५ को वितरणयोग्य सञ्चित मुनाफाबाट बैंकमा कायम रहेको साधारण चुक्तापूँजीमा १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको हो । 

यस्तै, नेपाल सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार सेयरपूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको छ ।

यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

बैंकदारा घोषित ६ प्रतिशत साधारण सेयरतर्फको बोनस सेयर वितरणपछि कम्पनीको साधारण चुक्तापूँजी बढेर ९ अर्ब १ करोडको उचाईमा पुग्नेछ । 

यो बैंकमा ५ अर्ब ४३ करोडको अग्राधिकार सेयर रहेको छ ।