काठमाण्डौ । कृषि विकास बैंक लिमिटेड र  काठमाण्डौ महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भएको छ।

बैंकका बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाण्डौ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसमअनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मतसंम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्दर्यीकरण गर्ने कार्य बैंकले गर्नेछ। सम्भौता अवधि ५ वर्षको हुनेछ। 

यसअघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्र्दयताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो।