काठमाण्डौ । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यसअघि एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा बितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेञ्ज अफर सुरु गरेको हो । 

मोबाइल हबले अहिले सञ्चालन भैरहेको मोबाइल मेलाको अवधि एक साता थप्दै यस्तो अफर ल्याएको हो । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार ग्राहकले जस्तोसुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल हबमा उपलब्ध कुनै पनि ब्राण्डका मोबाइलसँग ग्राहकले आफ्नो पुरानो मोबाइल साट्नसक्ने उनले बताए। 

यसका साथै हबमा मेला अवधिमा मोबाइल किन्नेहरुले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने अफर पनि सञ्चालन भैरहेको छ । मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा किन्न पाइने छ ।

बाइ वान गेट वान फ्रि तथा एक्सचेञ्ज अफरसँगै मोबाइल हबले फागुन २६ गते हुन गइरहेको सलमान खान सहितका बलिउड स्टारहरुको कार्यक्रमको प्रवेश पास निशुल्क उपलब्ध गराउनेछ । के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको प्रवेश पास सित्तैंमा प्राप्त गर्ने छन् ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित 'अफर भित्र पनि अफर' नामको मोबाइल मेलाको अवधि एक साता थप भएसँगै फागुन २३ गते बुधबारसम्म मेला सञ्चालन हुनेछ ।

मेला अवधिमा गल्फ खेलेर, फोटो कन्टेस्टमा सहभागि भएर पनि ग्राहकहरुले आईफोन, ओप्पो एफ ५, भिभोको भि ७ लगायतका मोबाइल सित्तैंमा पाउने छन् ।