काठमाण्डौ । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ । 

सो योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् । 

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । 

त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टिभिएसकै विगो स्कुटर जितेका छन् । यसैगरी संगिता भुजेलले बैंकक ट्रिपको उपहार प्राप्त गरेकी छिन् ।

रमाईलो दशैंतिहार योजनाअन्तर्गत कम्पनीले मेला अवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन लगायतका उपहार वितरण गरेको थियो भने साप्ताहिक रूपमा टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराएको थियो । 

गत असोज १९ गतेदेखि सुरु भएको रमाईलो दशैंतिहार योजना कात्तिक ३० गतेसम्म संचालन भएको थियो ।