काठमाण्डौ । दशैं र तिहारको अबसर पारी केएल टावरस्थित केएल मोबाइलले शुरु गरेको मोबाइलको मेगा एक्स्पोमा हरेक मोबाइलको खरिदमा ४ वटा अफर रहेको छ । 

मोबाइलको मेगा एक्स्पोमा एक मोबाइल खरिद गर्दा हात खाली नजाने गिफ्ट ह्याम्पर, केएल मोबाइल हबकै बम्पर उपहार अन्तर्गत आरवान फाइभ बाइक, मलेसिया सिंगापुर टुर प्याकेज र आइफोन ८ पाउने अबसरको साथै केएल टावरले शुरु गरेको दशैंतिहार उपहार योजना र मोबाइल कम्पनीहरुले दशैैको अबसर पारी दिएका बिभिन्न छुट अफर पनि समाबेश गरिएको टावरले जनाएको छ । 

१ हजार देखि १ लाख सम्मका जुनसुकै मोबाइलको खरिदमा ४ वटा अफरका कारण एक्स्पो अबलोकनकर्ताको भीड लागेको छ । जस्तोसुकै बिग्रेको मोबाइल पनि एक्सचेन्ज गर्न सकिने भएकाले एक्स्पोमा पुराना मोबाइल दिएर नयाँ मोबाइल किन्नेको भीड पनि उत्तिकै देखिएको केएल मोबाइल हबमा सेल्स मेनेजर अजय लामाले बताए । 

चाबहिल र यसको आसपासमा सबैभन्दा लेटेस्ट मल्टिब्राण्ड मोबाइल सोरुमबाट कारोबार गरिरहेको केएल मोबाइल हबमा टच एण्ड फिल सहित मोबाइलको बारेमा जानकारी दिन १३ वटा बिभिन्न मोबाइल कम्पनीको टच एण्ड फिल जोन रहेको छ । 

मेला सुरु भएपछि मोबाइल हबमा ४० हजार भन्दा धेरै अबलोकनकर्ता आएका र १ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भइसकेको केएल मोबाइल हबकी मेनेजर उर्मिला लामाले बताइन् । 

मोबाइल हेरी ६० प्रतिशतसम्म छुट दिइएको यो एक्स्पोमा एउटा किन्दा अर्को मोबाइल सित्तैमा पाउने अफर राखिएको छ । 

एक्स्पोमा बिश्व बजारमा पाइने सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ भने ६० मिनेटमा प्रत्यक्ष मोबाइल मर्मत गर्ने सुबिधा पनि रहेको मोबाइल हबले जनाएको छ ।