काठमाण्डौ । डिजिटल प्रविधिको तीव्रतर विकाससँगै हिजोआज मानिसको दैनिक कामकाज निकै सहज भएको छ । क्षणभरमै विश्वका गतिविधिबारे जानकारी पाउनुका साथै आफूले चाहेको कुरा पहलभरमै विश्वभर फैलाउन सकिन्छ ।

साना केटाकेटीदेखि लिएर वृद्धवृद्धासम्म अहिले डिजिटल प्रविधिको उच्चतम प्रयोगमा प्रयासरत छन् । यस्तो यदि डिजिटल प्रविधिको सही प्रयोग गर्ने बेला र अवस्था थाहा नहुँदा ठूलो संकटमा पर्ने अवस्था पनि आउन सक्छ।

डिजिटल प्रविधिको प्रयोगमा हिजोआज स्कुले केटाकेटी बढी झुम्मिने गरेको पाइएको छ । तर स्कुले केटाकेटी अधिकत्तर समय डिजिटल प्रविधिमा झुम्मिँदाको परिणाम नकारात्मक हुन्छ भन्ने सायदै ख्याल राख्छन् होला । 

हालै ब्रिटेनको स्वानसी र इटालीका मिलान युनिभर्सिटीहरुको संयुक्त अध्ययनले डिजिटल प्रविधिमा घन्टौँसम्म झुम्मिने स्कुले केटाकेटीहरुमा प्रायः एक्लोपन आउने र पढाइमा पनि नकारात्मक असर पर्ने गरेको निष्कर्ष निकालेको छ । अध्ययनले त्यस्ता केटाकेटीहरुको पढाइप्रतिको रुचि पनि घट्दै जाने गरेको पाइएको छ ।

अध्ययनमा विश्वभरका २८५ स्कुलका विद्यार्थीसँग डिजिटल प्रविधिको उपयोग, पढाइ र रिजल्का बारेमा जानकारी लिइएको थियो । अध्ययनमा २५ प्रतिशत विद्यार्थीले उनीहरु दिनभर कम्तीमा ४ घन्टा इन्टरनेटमा बिताउने गरेको बताए । जब कि ७५ प्रतिशतले दैनिक १ देखि ३ घन्टासम्म इन्टरनेटको प्रयोग गर्ने गरेको बताए । जसमा ४० प्रतिशत विदार्थी सोसल नेटवर्किङमा रमाउने गरेको र बाँकी विभिन्न जानकारी लिन इन्टरनेटको प्रयोग गर्ने गरेको पाइयो ।

मुख्य अध्ययनकर्ता ब्रिटेनका फिल रिडका अनुसार इन्टनेटको लत र पढाइप्रतिको प्रेरणाबीच नकारात्मक सम्बन्ध रहेको पाइएको छ । अधिक इन्टरनेट प्रयोगको लतले विद्यार्थीको पढाइप्रतिको लगाव घटाउनुका साथै निकै चिन्तित हुने गरेको अनुसन्धानबाट देखिएको रिडले बताए । ‘अधिकांश विद्यार्थीहरु सोसल मिडिया, मेल र अन्य अनावश्यक गतिविधिहरुमा भुलिने गरेको पाइयो’, उनले भने, ‘जसका कारण पढाइबाट उनीहरुले ध्यान हटेको देखियो ।’

अर्कोतर्फ इन्टरनेटको लतमा लागेको विद्यार्थीहरु आफ्नो परिवार र साथीहरुसँग समय बिताउन आनाकानी गर्ने गरेको अध्ययनले देखाएको छ । जसका कारण उनीहरु आफ्नो आसपासको गतिविधिबाट समेत बेखर हुने गरेको पाइएको छ । जसका कारण उनीहरुको शैक्षिक वातावरण नै बिग्रिन पुगेको देखियो । 

मिलान युनिभर्सिटीका प्रोफेसर ट्रजोलीका अनुसार इन्टरनेटको लतले थुप्रै क्षमताहरु प्रभावित हुन्छन् । यसले उत्तेजना नियन्त्रण, भविष्यको योजना र शैक्षिक वातावरणमा नराम्रो असर पार्ने गरेको उनले सुनाए । उनले इन्टरनेटको लतमा लागेका विद्यार्थीहरु पढाइमा निकै कमजोर रहेको भयावह स्थिति देखिएको बताए । ‘त्यसैले हाई स्कुल (कक्षा १२) सम्मको पढाइ पूरा नहुन्जेलसम्म केटाकेटीहरुलाई इन्टरनेटको लतबाट बचाउन आवश्यक हुन्छ’, उनले भने । – एजेन्सी