काठमाण्डौ । काठमाडौंको मुटु पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको नेपालकै सबैभन्दा पुरानो र चर्चित मोबाइल एक्सचेञ्ज हाउस केटिएम मोबाइल सोमबारदेखि भव्य रुपमा संचालनमा आएको छ ।

यस शोरुमको समुद्घाटन सोमबार एक कार्यक्रमकाबीच मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले गरे । 

मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।

नेपालको पुरानो र चर्चित मोबाइल शोरुम मध्येको एक केटिएम मोबाइलले ग्राहकहरुको माग र चाहनाअनुसार विभिन्न ब्राण्डका मोबाइल फोनहरु बिक्री बितरण तथा बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ ।

विगत ६ वर्षदेखि केटिएम ब्राण्डमा संचालित यस मोबाइल शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका कुनैपनि मोडलका फोनहरु उपलब्ध रहेको छ । शोरुममा ग्राहकहरुलाई आरामदायिरुपमा आफूले चाहेको मोबाइल खरिद गर्नका लागि सहयोग गर्न मोबाइल क्षेत्रमा अनुभवी र दक्ष कर्मचारीहरु राखिएको छ जसले तपाईँले खोजेको र चाहेजस्तो मोबाइलको विशेषताहरु र प्रयोगको बारेमा जानकारी प्रदान गर्दछन् ।

केटिएम मोबाइल शोरुममा कुनै पनि मोबाइल खरिद गर्दा कम्पनीले प्रदान गर्ने वारेन्टि र सुविधाहरु सिधै उपलब्ध गराईएको छ भने ग्राहकहरुलाई कुनैपनि मोबाइल खरिदमा हात खाली नजाने गरी उपहारहरु प्रदान गरिनेछ ।

त्यसैगरी, यस शोरुममा मोबाइलसँग सम्बन्धित हरेक प्रकारका एसेसरिज उपलब्ध छन् भने विभिन्न ब्राण्डका रु.१,०००/– देखि रु. १,४०,०००/– सम्मका मोबाइल फोनहरु उपलब्ध छन् । शोरुमको ग्राण्ड ओपनिङ्गको अवसर पारेर कम्पनीले हरेक मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको डिस्काउण्ट प्रदान गर्नेछ ।

नेपालकै सबैभन्दा प्रतिष्ठित मोबाइल एक्सचेन्ज शोरुपमको रुपमा समेत ख्याती कमाएको केटिएम मोबाइलमा कुनैपनि किसिमका पुराना मोबाइलहरुको अन्तराष्ट्रिय स्तरका भ्यालूएटरहरुले उचित मुल्यांकन गरि नयाँ मोबाइल खरिद गर्न सुविधा उपलब्ध गराउनेछन् । शोरुमले आफ्नो भव्य समुद्घाटनको अवसर पारेर माघ १५ गतेसम्मका लागि ग्राण्ड मोबाइल एक्सचेञ्ज मेला समेत शुरु गरेको छ । यो एक्सचेञ्ज मेला नेपालमा मोबाइल क्षेत्रकै सबैभन्दा उत्कृष्ट र भव्य मेलाको रुपमा संचालन हुनेछ ।

उत्कृष्ट मोबाइल सर्भिस सेन्टर संचालनमा रहेको शोरुममा दक्ष र अत्याधुनिक प्रविधिबाट कुनै पनि ब्राण्डका मोबाइलहरु मर्मत गरिन्छ, जहाँ दक्ष कर्मचारी तथा मोबाइल टेक्निसियनले ग्राहकको मोबाइलको सर्भिस गर्दछन् । कुनै पनि मोबाइल मर्मत सेवा/रिपेयरिङ्गमा समेत १० प्रतिशतसम्मको छुट उपलब्ध गराईएको छ ।

शोरुममा सामसुङ, ओपो, आईफोन, मोटोरोला, लेनोभो, ह्वावे, जियोनी, कलर्स, एचटिसी, माइक्रोम्याक्स लाभा, सोनी, वान प्लस, नोकिया, शाओमी, जेडटिईलगायत विभिन्न ब्राण्डका फोनहरु उपलब्ध छन् ।

केटिएम मोबाइलले आगामी दिनमा काठमाडौंका अन्य स्थानहरुमा पनि आफ्नो शोरुम बिस्तार तथा संचालन गर्ने योजना लिएको छ ।