बाइक पारखीको व्यग्र प्रतिक्षामा रहेको केटीएम ३९० एडभेन्चर लन्च भएको छ । 

भारतीय बजारमा यसको मूल्य २.९९ लाख भारु तोकिएको छ । यो मूूल्य बिएम डब्लु जि ३१० जिएसभन्दा करीब ५० हजार सस्तो पर्न आउँछ भने केटीएम ३९० ड्यूूक भन्दा ३० हजार महङ्गो पर्न आउँछ । 

केटीएम ३९० एड्भेन्चरमा केटीएम ३९० ड्यूक जस्तै ३७३ सिसिको सिंगल सिलेन्डर युनिट दिइएको छ, जुन लिक्वीड रहेको छ । यसको इञ्जिनले ९ हजार आरसिएममा ४३ बिएचपि पावर र ७ हजार आरपिएममा ३७ एनएमको टर्क जेनेरेट गर्दछ । यो बाइक ६ स्पिड गियरबक्सबाट  सुसज्जित छ । 

यसका साथै यसमा बाइ डाइरेक्सन क्विक सिफ्टर पनि उपलब्ध हुनेछ, जुन स्टायान्डर्ड फिटमेन्टको साथमा आउनेछ । कम्पनीले यसमा १७० एमएमअप फ्रन्ट र १७७ एमएमको रियरमा ट्राभल सस्पेन्स दिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएमको रहेको छ र यसमा कम्पनीले नोवी मेट्जेलर टायर दिएको छ, जसलाई स्ट्यान्डर्ड मेटल बेसमेन्टको साथमा दिइने छ । ब्रेकिङको कुरा गर्दा यसको फ्रन्ट व्हीलमा बाइब्रिको ३२० एमएम रोटोर तथा रियरमा २३० एमएम डिस ब्रेक दिइनेछ । 

केटीएमले ३९० एडभेन्चरमा धेरै विशेषताहरु उपलब्ध रहेको छ । जसमा लीन सेन्सेटीभ ट्रयाक्सन कन्ट्रोल, कनरिङ एबीएस, अफ रोड एबीएस, केटीएम माइ राइड स्मार्टफोन कनेक्टीभीटी, अप्सन टर्न बाइ टर्न नेभिगेसन तथा बाई डाइरेक्सन कुइक सिफ्टर जस्ता विशेषताहरु रहेका छन् । यसको साथै यसमा ३९० ड्यूक जस्तै टीएफटी डिस्प्ले पनि उपलब्ध छ ।