काठमाण्डौ । आईआईटी दिल्लीको संरक्षणमा सुरु भएको एउटा स्टार्ट–अप सान्फेले केराको फायबरबाट अनौठो खालाको स्यानेटरी नेप्किन बनाउन सफल भएको छ ।

यो नेप्किन कम्तीमा १२० पटक प्रयोग गर्न सकिन्छ । पुनःप्रयोग गर्न सकिने यो नेप्किन २ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

सान्फेले आईआईटी दिल्लीका प्रोफेसरहरुका साथ मिलेर यो नेप्किन विकसित गरेका हुन् । जुन हालै लन्च पनि गरिसकिएको छ ।

यो नेप्किनको दुईवटा प्याकेटको मूल्य हाल ३१८ रुपैयाँ रुपैयाँ राखिएको छ । टोलीले यसका लागि पेटेन्ट पनि फाइल गरेको छ ।

यो स्टार्ट–अपका ह्यारी सहरावत र अर्चित अग्रवालले मिलेर त्यतिखेर सुरु गरेका थिए जतिखेर उनीहरुले आईआईटी दिल्लीमा इन्जिनियरिङ गरिरहेका थिए । अर्चित भन्छन्, ‘धेरैजसो स्यानेटरी नेप्किन सेन्थेटिक वा प्लास्टिकले बनाइएको हुन्छ । ती वस्तु नष्ट हुन कम्तीमा पनि ५०–६० वर्ष लाग्छ । धेरै मात्रामा यस्ता वेस्ट ल्यान्डफिटमा डम्प गरिन्छ । केही खुला स्थानमा फालिन्छन् वा पानीमा बगाइन्छ । यसले पर्यावरणमा नोक्सानी पुर्याउँछ । तर केराबाट बनाइएको यो नेप्किनबाट त्यस्तो कुनै समस्या हुँदैन ।’

यसअघि पनि आईआईटी दिल्लीका छात्राहरुले ‘स्ट्यान्ड बलम पी’ नामक डिभाइस तयार गरेका थिए । सान्फे अर्थात स्यानिटेसन फर फिमेल नामको यो एक यस्तो डिभाइस हो, जसको माध्यमबाट महिलालाई दुर्गन्धित सार्वजनिक शौचालयमा उभिएरै शौच गर्न सक्छन् । एकपटकमा प्रयोग गर्न मिल्ने यो डिभाइसको मूल्य केबल १६ रुपैयाँ छ । – एजेन्सी