काठमाण्डौ । सरकारले चुनावको लागि चीनबाट खरिद गरेको मतपेटिका तीनदिनयता सीमाक्षेत्रमै थन्किएका छन् । 

शुक्रबार चीनको केरुङ आइपुगेका मतपेटिमा सडक अवरुद्ध भएपछि नेपाल भित्राउन नसकिएको हो ।

चीनतर्फ मितेरी पुलको रेसुओपोर्ट केरुङ सडकखण्ड पहिरोले अवरुद्ध भएकाले मतपेटिका केरुङभन्दा ५ किलोमिटर पर पाङसिङमा राखिएका छन् । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।