काठमाण्डौ । सेयर लगानीकर्ता संघले बजारलाई सकारात्मक प्रभाव पार्ने कैयन व्यवस्था मौद्रिक नीतिमार्फत भए पनि आफ्ना केही महत्वपूर्ण माग पूरा नभएकोमा राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ ।
संघका महासचिव जगन्नाथ पूडासैनीले बुधबार साँझ एक विज्ञप्ति प्रकाशित गरी आफूहरुले उठाउँदै आएका केही महत्वपूर्ण माग पूरा नभएको बताएका हुन् ।
‘शेयर ऋण लिन ८० प्रतिशतसम्म मार्जिन ऋण माग गरिएको, एभरेज वेटेज १५० प्रतिशतबाट १०० प्रतिशतमा घटाउनुपर्ने जस्ता मागहरु सम्बोधन हुन नसक्नु ज्यादै दुःखको कुरा हो ।’ विज्ञप्तिमा भनिएको छ–‘शेयर बजारलाई प्रत्यक्ष असर पर्ने यी कुरामा यथाशीघ्र संसोधन गरी हाम्रा मागहरु सम्वोधन गरिदिनु हुन पूनः माग गर्दछौं ।’
संघले मौद्रिक नीतिमा बैंकहरुको तरलतालाई समाधान गर्ने प्रयासको रुपमा सीआरआर ४ प्रतिशतमा झार्नु, भारतीय मुद्रामा समेत पूँजीको २५ प्रतिशत ऋण ल्याउन पाउनु, शेयर कारोवार बढाउने प्रयासको रुपमा बैंकहरुलाई सहायक कम्पनीमार्फत धितोपत्र कारोबार गर्न बाटो खोलिदिनु, मार्जिन कलबाट समस्या भोगिरहेका लगानीकर्ताहरुलाई २० प्रतिशत मार्जिन घट्दासम्म कल गर्न नपाइने व्यवस्था गरिनु, लघुवित्त संस्थाहरुको कोषको अतिरिक्त लागत बढीमा ६ प्रतिशत थप गरी कर्जाको ब्याजदर कायम गर्न पाउने व्यवस्था गरिनु, विपन्न वर्गको कर्जामा बाणिज्य बैंक, विकास बैंक र वित्तय संस्था समेतले कर्जामा ५ प्रतिशत छुट्याउनुपर्ने बाध्यात्मक व्यवस्थाले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने समेत विश्लेषण सार्वजनिक गरेको छ ।
35 minutes ago
43 minutes ago
50 minutes ago
12 hours ago
12 hours ago
12 hours ago
19 hours ago
20 hours ago
21 hours ago
1 day ago