►राजु पौडेल

अनलाइन सेवाको माध्यमबाट घरमै बसेर मोबाईल तथा कम्प्युटरको माध्यमबाट सेयर आवेदन दिन सकिने  व्यवस्थालाई सि-आस्वा प्रणाली भनिन्छ । 

यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सि-आस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनु पर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरिदिनेछ र लगानीकर्तालाई एउटा भेरिफिकेशन कोड CRN (C-ASBA Registration Number) नम्बर दिनेछ । यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले अब उप्रान्त बैंकमा नगई नै हरेक पटक IPO, FPO, Mutual Fund र Right share  घरमै बसी-बसी भर्न सक्नेछ्न ।

सि-आस्वाबाट सेयरमा आवेदन दिनका लागि निम्न चरण पूरा गर्नु पर्दछ:

१. सर्वप्रथम तपाईहरुले तपाईंहरुको बैंक खाता भएको बैंक मा गएर CRN नम्बर लिनुपर्छ, त्यस पछि DMAT खाता भएको ब्रोकर वा बैंक मा गएर DMAT अनलाइन सेवा लिनुहोस् ।

२.दोस्रो चरणमा मोबाईल वा कम्प्युटरमा गएर www.meroshare.cdsc.com.np  हान्नुहोस्, त्यसपछि एउटा कोठा खुल्नेछ ।

यो फारम को सुरुको कोठामा  DMAT खाता खोलेको संस्था छनौट गर्नुहोस्, दोस्रो कोठामा DMAT अनलाईन सेवा लिँदा दिएको LOGIN ID Type गर्नुहोस् र अन्तिम कोठामा पासवर्ड हान्नुहोस र Login मा क्लिक गर्नुहोस । त्यस पछि अर्को कोठा खुल्छ । 

३.अब current issue मा क्लिक गर्नुहोस्, त्यसपछि IPO FPO Right share र Mutual Fund जारी गरेका कम्पनीहरुको List देखाउने छ ।

४.अब तपाईले कुन कम्पनीको सेयर आवेदन दिने हो, त्यसको Apply मा क्लिक गर्नुहोस त्यस पछी एउटा फारम खुल्नेछ ।

यो फारम को सुरुको कोठामा कती कित्ता सेयर हाल्ने हो, हान्नुहोस । जस्तै ५० कित्ता हान्नुहोस, दोस्रो कोठामा स्वत रकम आउने छ, तेस्रो कोठामा तपाईले सि-आस्वा सुबिधा लिएको बैंक छनौट गर्नुहोस्, शाखा र खाता नम्बर स्वतः आउनेछ र अन्तिम कोठामा CRNनम्बर हान्नुहोस र Apply मा क्लिक गर्नुहोस्, त्यसपछि फारम खोल्ने छ ।

यो फारमको अन्तिम कोठामा जब तपाईले माथि Apply गर्नुहुन्छ, तपाईंको ईमेलमा एउटा कोड नम्बर आउँछ, त्यो कोड नम्बरलाई यो फारमको अन्तिम कोठामा पेस्ट वा Type गर्नुहोस,  Type गर्नलाई मोबाईलको screen rotation गर्नुपर्छ  र अन्तिममा conform गरिदिनुहोस ।

अब तपाईंको सेयर आवेदन सफल भयो भनेर message आउने छ ।

सेयर आवेदन गरिसकेपछि check application report मा क्लिक गर्नुहोस्, त्यहाँ बैंकले खाताको रकम Check गरेर रोक्का नगरेसम्म unverified  भनेको हुन्छ, खाताको रकम रोक्का गरेपछि मात्र verified हुन्छ ।

६. अब Check application Report मा क्लिक गर्नुहोस् ।

एकजना ब्यक्तिले एकपटकमा एउटा IPO तथा FPO मा आवेदन दिन सक्छन् । सफटवेयरले लगानीकर्ताको सम्पूर्ण विवरणको रेकर्ड राख्ने हुनाले एक भन्दा बढी आवेदन दिन खोजेमा सफ्टवेयरले अटोमेटिक रूपमा त्यो आवेदन खारेज गरिदिन्छ ।

यसरी तपाईहरुले घरमै बसी IPO FPO र Right Share मा सजिलै  आवेदन दिन सक्नुहुनेछ ।

अहिलेसम्म  सि-आस्वा सुबिधा भएका बैंकहरु:

अहिलेसम्म सि-आस्वा सेबा सुरु गरेका बैंकहरुमा राष्टिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, जनता बैंक नेपाल, सनराइज बैंक, एनएमबी बैंक, प्रभू बैंक, गरिमा  विकास बैंक लगायत रहेका छन् । अन्य धेरै बैंकहरुले यो सेवा संचालनको अनुमति लिएर बसेका छन्, तर सेवा नै सुरु गरिसकेका भने छैनन् ।

(लेखक सेयर बजारका अद्येता हुन् ।)