काठमाण्डौ । सिभिल बैंकले कैलालीको भजनीमा शाखा संचालनमा लयाएको छ । 

एक समारोहका बीच सो शाखाको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ । 

शाखाको उद्घाटन समारोहमा स्थानीय व्यापारी व्यवसायी, सिभिल बैंकका प्रदेश नम्बर ७ का प्रमुख दीपक जोशी, सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको सहभागिता थियो। 

भजनीशाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे पनि बैंकले जनाएको छ ।