काठमाण्डौ । सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बिमा सेवा सम्झोता भको छ । 

चैत १६ गते बैंकसँग सानिमा लाइफको बिमा सेवा सम्झौता भएको हो । 

एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थीति रहेको थियो । 

सम्झौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैंकका सम्पूर्ण ९१ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको बिमा पोलिसीहरु खरीद गर्न सक्नेछन् ।