काठमाण्डौ । कैलाश विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालीकोटको पहलमा कालीकोट जिल्लाका सामुदायिक विद्यालयहरुबाट एस.ई.ई परीक्षामा उत्कृष्ट अंक ल्याएका गरिव, जेहन्दार, आर्थिक अवस्था दयनीय भएका र आगलागी पीडित परिवारका केही बिद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो । यसबाट पैसाको अभावले उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुपर्ने अवस्थाका बिद्यार्थीलाई केही मात्रामा भए पनि सहयोग हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए । 

१०२ शाखा र ४० वटा एटिएम मार्फत देशभरि वित्तीय सेवा विस्तार गरेको बैकको चुक्ता पुँजी झण्डै तीन अर्वको हाराहारीमा पुगेको जनाएको छ ।