काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडले पोखरा म.न.पा. वडा नं. १४ स्थित चाँदनी टोलमा फोहोर व्यवस्थापन गर्नका लागि डष्टविन वितरण गरेको छ । 

वातावरणलाई सफा र स्वच्छ राख्नका लागि बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत सो सहयोग प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए। 

आज विहिबार एक कार्यक्रमकाबीच बैंकले चाँदनी टोल विकास संस्थाका अध्यक्ष ओम प्रसाद श्रीसलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । टोल विकास संस्थाका अध्यक्षले बैंकले गरेको सहयोगको प्रसंशा गर्दै टोललाई सफा राख्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैंकले हाल सम्म देशमा १०२ ओटा शाखा र ४१ ओटा एटिएमबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । उक्त बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंकसंग एक्विजिसन भई “क” वर्गको बैंक बाट बैंकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।