काठमाण्डौ । कैलाश विकास बैंक लि. पुतलीबजार स्याङ्गजा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत सोही ठाउँ स्थित त्रिभूवन आदर्श बहुमुखी क्याम्पसलाई एक कार्यक्रमका बीच यूरो गार्ड तथा वाटर डिस्पेन्सर वितरण गरेको छ ।

क्याम्पस प्राङ्गगणमा आयोजित उक्त कार्यक्रम क्याम्पस संचालक समितिका सदस्य खेम नारायण शर्माको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालको अध्यक्षतामा भएको थियो । 

कार्यक्रमका वक्तारुले बैंक बाट वितरित यूरो गार्डले क्याम्पसमा अध्ययनरत करिब ६०० बिद्यार्थी तथा २५ जना प्राध्यापक र कर्मचारीलाई शुद्ध पिउने पानी उपलब्ध हुने कुरा बताए ।