काठमाण्डौ । कैलाश विकास बैंक लिमिटेडमा नयाँ प्रमुख कार्यकारी अधिकृत(सीइओ)ले पदभार ग्रहण गरेका छन् । 

बैशाख ४ गते बसेको बैंक संचालक समितिको बैठकले सीइओमा नियुक्त गरेको अमृतचरण श्रेष्ठले आफ्नो कार्यभार आइतबारदेखि सम्हालेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनी चार वर्षका लागि सीइओमा नियुक्त भएका हुन् । 

श्रेष्ठसँग देशका विभिन्न वाणिज्य बैंकहरुमा सेवा गरेको ३० वर्षे लामो अनुुभव रहेको छ ।