काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

बुधबार बिहान एक्कासि महामन्त्री कोइरालाका स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा क्रमशः सुधार आएपछि बिहीबार अपराह्न ३ बजेपछि उनलाई सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । 

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन ओम अस्पतालमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा उपचारमा संलग्न चिकित्सक डा लव जोशीले भने–‘अहिले उहाँ आफैँ श्वास लिइरहनुभएको छ र पूर्ण होसको अवस्थामा हुनुहुन्छ ।’ महामन्त्री कोइरालालाई कुनै संक्रमण नहोस् भनेर अस्पतालले आइसियूभित्र चिकित्सकबाहेक अन्यलाई जान बन्देज लगाएको छ । 

उनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भए पनि अझै खतरामुक्त भन्न नमिल्ने डा जोशीको भनाइ थियो । मंगलबार साँझ श्वासप्रश्वासमा केही समस्या देखिएपछि कोइराला ओम अस्पतालमा भर्ना भएका थिए ।