काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकले पुस १८ गते काठमाण्डौ महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

सो शाखाको उद्घाटन बैंकका सञ्चालक राममान श्रेष्ठले गरेका हुन् ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरेको छ ।

योसँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ भने देशभरको शाखा संख्या ८८ पुगेको छ । 

देशभर बैंकका ५१ शाखा रहित बैकिङ्ग इकाई तथा १०८ वटा एटीएमहरु संचालनमा छन् ।