काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका छन् । 

यस्तै यो अवधिमा थप ३२ जनाले कोरोनामाथि जित हासिल गरेर घर फर्किएका छन् । 

यसरी कोभिड १९ को संक्रमण हुनेहरुको कुल संख्या ३२३५ पुगेको छ भने डिस्चार्ज हुनेको कुल संख्या ३६५ पुगेको छ । 

पछिल्लोपटक २ जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएसँगै कुल मृतकको संख्या १३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक थप भएकामध्ये २८६ पुरुष र ३७ जना महिला रहेका छन् । 

विराटनगरको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये मोरंगको सुनवर्षी र बुढीगंगाका २ जना, सुनसरीको भोक्राहाका ४ जना( २ महिला र २ पुरुष) रहेका छन् । 

यस्तै, विराटनगरकै कोशी अस्पतालमा गरिएको परीक्षणमा सप्तरीको बोडेबर्साइनका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । 

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासीको विनयत्रिवेणीका ३ पुरुषमा संक्रमण देखिएको छ । 

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४० जना थप संक्रमितको पहिचान भएको छ । 

उनीहरुमध्ये २ महिलासहित बाँकेका १२ जना, एक महिलासहित बर्दियाका २८ जना रहेका छन् । 

पोखरास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा संक्रमण पहिचान भएको छ । तीमध्ये कास्कीको रुपा ५ र ७ का २ जना, पोखरा २७ का ३ जना, स्यांग्जाको वालिंग तथा हरिनाश गापाका १० जना, बाग्लुंगको तारखोलाका एकजना रहेका छन् । 

सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये एक जना धरानका र सप्तरीका ७ जना(२ महिला र बाँकी पुरुष) रहेका छन् । 

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये बझांगको खप्तडछान्नाका ६ जना(२ महिलासहित) रहेका छन् । 

कञ्चनपुर महाकालीका एक पुरुष, हाल कञ्चनपुरमा रहेका काठमाण्डौका २ पुरुष, अछाम मंगलसेनका एक महिला, कैलालीको धनगढी र गोदावरीका २ पुरुष, डडेलधुराको नवदुर्गाका एक महिला रहेका छन् । 

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४४ जनामा संक्रमण देखिएको छ । तीमध्ये दैलेख महाबुका ४३ जना(१० महिला र बाँकी पुरुष), डोल्पाका एक पुरुष रहेका छन् । 

सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको छ । दैलेख दुल्लुका ४ पुरुष, सुर्खेतको पञ्चपुरी, गुर्वाकोट, भेरीगंगाका १० जना, जाजरकोटको भेरी र बारेकोटका ४ जना(एक महिलासहित), सल्यानको बनघार कुभिण्डेका ३८ जना( २ महिलासहित)लाई संक्रमण देखिएको हो । 

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये अर्घाखाँचीका एक पुरुष, कपिलवस्तुको विजयनगरका ११ पुरुष, नवलपरासीका २ पुरुष, रुपन्देही रोहिणी र शुद्धोधनका ३  पुरुषमा कोरोना संक्रमण देखिएको हो ।  

काठमाण्डौको टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको छ । 

यीमध्ये भक्तपुर कमलविनायक एकजना महिला, धनुषा देउपुराका ८ पुरुष, कपिलवस्तु महाराजगञ्जका ३९ जना(७ महिलासहित), काठमाण्डौको महानगरपालिका ४ जना( २ महिलासहित), महोत्तरी गौशाला, जलेश्वर, मठियाना लगायतका क्षेत्रका ३५ जना(एक महिलासहित), रौतहटका स्नाथका ६ जना(२ महिलासहित), सर्लाहीको रामनगर र ईश्वरपुरका २७ जना पुरुष रहेका छन् । 

शनिवार जाजरकोट र डोल्पामा समेत कोरोना संक्रमण विस्तार भएको छ । योसहित देशमा कोरोना संक्रमण बिस्तार भएको जिल्लाको संख्या ७० पुगेको छ ।