-रमेश लम्साल 
काठमाडौं । संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ । त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डो¥याउँछ भनिएको हो । राजनीतिमा सबै सम्भावना सम्भव भएकोले नै यसलाई सम्भावनाको खेल पनि मानिन्छ । तर राजनीतिमा सौन्दर्यसमेत थप मुखरित भएको एउटा उदाहरण दक्षिण कोरियामा हालै भेटिएको छ । 

कोरियाली प्रायद्वीपमा शीतकालीन ओलम्पिकले सौन्दर्यको जादू यसरी चलाइदियो कि युद्धको सन्निकट पुगेका भनिएका दुई फरक राजनीतिक चिन्तन र व्यवहार भएका उत्तर र दक्षिण कोरिया मानौ विगतमा कुनै शत्रुता नै नभएजसरी प्रस्तुत भए । 

उत्तर कोरियाले शीतकालीन ओलिम्पिकमा सहभागिता जनाएको खेलकूदमा कति वटा स्वर्ण पदक हासिल ग¥यो भन्ने बारेमा त्यति अर्थपूर्ण लेखाजोखा गरिएन । तर राजनीतिभित्र मिसिएको सौन्दर्यको अर्थ भने यो वा त्यो कोणबाट लगाइयो, खोजियो । अर्थात यसलाई कूटनीतिक मामिलाका कतिपय जानकारले ‘लिपिस्टिक डिप्लोमेसी’ नाम पनि दिए । पश्चिमा सञ्चारमाध्यमले त यसलाई सजिलै भनिदियो– उत्तर कोरियाले बहिनी कुटनीति प्रयोग ग¥यो । 

उत्तरले सम्बन्धमा यस्तो जादु चलायो कि उसले खेकलकूदमा प्राप्त गरेको भन्दा सयाँै गुणाबढी लाभ यस कूटनीतिबाट हासिल गरेको छ । उत्तरले सबैभन्दा महत्वपूर्ण मेडल मध्य एक कुटनीतिक गोल्ड मेडल जितेको छ । यस खालको टिप्पणी यतिखेर दक्षिण कोरियाका पूर्वमन्त्री, पार्टी तथा विज्ञको साझा मत बनेको छ । 

यस किसीमको निष्कर्ष दक्षिण कोरियाली सरकारका पूर्वमन्त्री र राजनैतिक पार्टी तथा विज्ञको बढ्ता देखिन्छ । उत्तर कोरियाले यो खेललाई दक्षिण कोरियाका घनिष्ट मानिएका मित्र जापान र अमेरिकालाई नै छाँयामा पारिदिएको छ । उत्तर कोरिया आणविक अस्त्र विकास कार्यक्रम आफ्नो प्रतिरक्षाका लागि भएको प्रचार गराउँदै सौन्दर्यको जादूमार्फत जितको घोषणा गर्न चाहन्छ र विगत दुई वर्षदेखि लाग्दै आएको नाकाबन्दीले आफूलाई कुनै प्रभाव पारेको छैन भन्ने सन्देश पनि दिन चाहन्छ । 

एक महिना अघि उत्तर कोरियाली राष्ट्रपति किमले शीतकालीन ओलम्पिकमा भागलिने घोषणा गर्दा विश्व नै चकित भएको थियो । ओलम्पिकसँगै जापान, अमेरिकाले सैनिक अभ्यासको प्रस्ताव पनि गरेका थिए । 

संयुक्त सैनिक अभ्यास र ओलम्पिक परस्पर विरोधी कार्यक्रम थिए । उत्तर चाहन्थ्यो, सैनिक अभ्यास रोकियोस र दक्षिणमा आफ्नो सशक्त उपस्थिती देखियोस । उत्तरकै मत सही ठहरियो दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–ईनले सैनिक अभ्यासलाई पर सारिदिनुभयो । उत्तरतर्फ मित्रताको हात बढाउनुभयो । किमकी बहिनी पियोङ्गचाङ्ग ओलम्पिकमा भाग लिन जानुभयो । अनि यसको लगत्तै उत्तर कोरियाली नेता किमले पनि द्विपक्षीय सम्मेलनलाई उत्तरमा आयोजना गर्ने अनुमती नै दिनुभयो । 

जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी उपराष्ट्रपति माइक पेन्स पनि एक किसीमले भन्ने हो भने छायाँमा परे । किमकी बहिनीको जादु यस्तो चल्यो कि उक्त ओलम्पिक खिच्न त्यहाँ पुगेका संसारका टिभीका क्यामेरा पनि उनको पछि दौडिए । दक्षिण कोरियाली नागरिक त किम यो जोङलसँग एउटा सेल्फी खिच्न लालायित देखिए । 

उत्तर कोरियाली ब्याण्डको म्युजिकल प्रस्तुती देशभक्तिको गान बजाउँदा होस वा उद्घाटन समारोहमा किम यो जोङ क्यामेराको केन्द्रमै रहनुभयो । अनि उहाँका बारेमा कैयौँ अलग्गै सामाग्री बने । 

हाल कोरिया विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका किम साङ्ग हानले भन्नुभयो ‘उत्तर कोरियाले यस्तो स्वर्ण पदक जित्यो कि अरु सबै पदक छायाँमा प¥यो ।’ सन् २०१२–१३ मा विदेशमन्त्रीसमेत रहनुभएका किमको शब्दमा ‘उत्तर कोरिया दक्षिणका लागि आफ्नै आफन्त हो भन्ने भान समेत पारिदिएको छ । यो एउटा सकारात्मक सुरुवात हो ।’ 

उत्तरका प्रतिनिधी र खेलाडी सेलिब्रेटी बनिरहँदा जापानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपतिको ‘कूटनीतिक कद’ सामान्य नागरिकभन्दा खासै माथि उठ्न सकेन । दक्षिणका राष्ट्रपतिलाई जापानी प्रधानमन्त्रीले सैन्य अभ्यास सुरु गरिहालौँ भनेर गरेको प्रस्तावलाई उहाँले नकारिदिनुभयो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका राष्ट्रपतिले जापानी प्रधानमन्त्रीलाई भन्नुभयो ‘हाम्रो आन्तरिक मामिलामा बढी दख्खल राख्नु राम्रो होइन ।’ 

किमकी बहिनीको मुस्कानले कोरिया र विश्वलाई मोहित मात्रै बनाएन कि दक्षिणका राष्ट्रपतिसँग उहाँको चार पटकसम्म भएको भेटले पनि निकै फरक पार्यो । लाग्थ्यो यी सबै घटनाक्रम सामान्य रुपमा भइरहेका छन् । उनीहरु वर्षौपछि भेटेका असाध्यै मिल्ने साथी हुन् । 

त्यसैको प्रतिबिम्ब हुनसक्छ उत्तर कोरियाली विशेष दूत किम यो जोङसँगै उपस्थित अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास गर्ने र उसलाई एक्ल्याउने । माइक पेन्सले उत्तरलाई एक्ल्याउने विषयमा आफूबीच मतभेद नभएको टिप्पणी गर्नुभयो । उहाँले उत्तरले शीतकालीन ओलम्पिकलाई सौन्दर्य मार्फत प्रोपोगान्डा गरेको बताउनुभयो । 

अमेरिकी उपराष्ट्रपतिको व्यवहार पनि सभ्य नभएको गुनासो दक्षिण कोरियालीले गरेका थिए । कारण के थियो भने संयुक्त कोरियाली खेलाडी समूह सामूहिक व्याण्डमा देखिदा, साथै दुवै देशका तर्फबाट सामुहिक रुपमा झण्डा प्रदर्शनगर्दा पनि पेन्सले ताली बजाउन समेत चाहनु भएन । रंगशालामा सबै उठेर ताली बजाउँदा पेन्स एक्लै बसीरहनु आरोप धेरैको थियो । 

कोरियाली प्रायद्वीपको न्यायो हाउभाउले सोल र वासिङटनबीच विवाद रहेको र फाटो परेको हल्ला पनि चैतको खरमा आगो लागेसरि फैलियो । जापानसँग पनि सम्बन्ध चिसो भयो कि भन्ने आशंका व्यक्त गरियो । किनकी उत्तरको आणविक तुजुकलाई दबाव र अन्तमा सैन्य हस्तक्षेप मार्फत ठिक गर्नुपर्छ भन्ने मनसाय राख्ने गठबन्धनका सदस्य हुन् जापान, अमेरिका र दक्षिण कोरिया । 

जापानका प्रधानमन्त्री सिन्जो असहस देखिनु, अमेरिकी उपराष्ट्रपति आशनबाट नउठ्नु र लगातार सैन्य अभ्यासको मात्रै कुरा गर्नुले पनि किम यो जोङ कति हावी हुनुभयो भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । एक अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग जापानका ताकुशुकस विश्वविद्यालयका प्राध्यापक ताकाशी कावाकामीले भन्नुभयो – ‘उत्तर कोरियाले कुशलतापूर्वक जापान, दक्षिण कोरिया र अमेरिकाबीच फाटो ल्याउन सफल देखियो ।’ 

जापानका सैन्य अधिकारीले त उत्तरले खेल प्रोपोगाण्डाबीच सौन्दर्यको चास्नी घोलेर आवणिक कार्यक्रमलाई थप विकास गर्ने चालबाजीको रुपमा टिप्पणी गरेका छन् । उत्तरमाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लगाएको छ । उसको आणविक हतियारप्रतिको मोहलाई क्रमशः कम गराउने रणनीति शक्ति राष्ट्रले बनाएका छन् । तर उत्तर आणविकको तुजुकमा निरन्तर अगाडि बढीरहेको छ । 

किम जोङ्ग उनले शितकालिन ओलम्पिकमा खेलाडी र बहिनी पठाउने निर्णयलाई पनि यही नाकाबन्दीको असर कम गराउने मजबूत अस्त्रको रुपमा लिइएको लिइयो । खेल अवधीमा दुवै कोरियाले नाकाबन्दीको विषयमा कहीँ कतै उल्लेख गरिएन । बरु सद्भाव बाड्न र संयुक्त रुपमा सेल्फी खिच्नेदेखि खेल मैदानमा खेलाडी उत्साहित गर्न संयुक्त रुपमा उपस्थित भए । 

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका एक अमेरिकी प्रतिनिधीले त संयुक्त कोरियाली महिला आइस् हक्की टिमलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने र त्यसमा मनोनयन गर्नुपर्ने माग गर्नुभयो । सो टोलीमा १२ खेलाडी सहभागी थिए । 

कुरा यत्तिमा मात्रै सिमित भएन । उत्तर कोरियाका राष्ट्रपति किमले बहिनी किम यो जोङलाई दक्षिण कोरिया पठाएर चलाएको जादुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत प्रभावित पा¥यो । राष्ट्रपति ट्रम्पले आफ्नी पुत्री इभान्का ट्रम्पलाई दक्षिण कोरिया पठाउनु भएको थियो । शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी गराउन र दक्षिण कोरिया र अमेरिकको मित्रतालाई नयाँ उचाईमा पु¥याउन सफल हुने अपेक्षा गरिएको छ । 

ट्रम्पका छोरी इभान्काले दक्षिणका राष्ट्रपति मुनसँग राष्ट्रपति भवनमा डिनर कार्यक्रममा सहभागी हुने र प्योङचाङमा हुने ओलम्पिक समापन समारोहमा अमेरिकी टोलीको नेतृत्व गर्ने कार्यक्रम तय भएको थियो । उहाँले यी सबै कार्यक्रमहरु औपचारिक रुपमा नै सम्पन्न गर्नुभएको छ । 

ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन पुग्नुभएको उत्तर कोरियाली नेता किमकी बहिनी किम यो जोङले राष्ट्रपति मुनसँग रात्रीभोज गर्नुभएको थियो । सो रात्रीभोजमै उहाँले दक्षिणका राष्ट्रपतिलाई प्योङयाङमा आयोजना हुने शिखर वार्तामा सहभागी हुन आमन्त्रण समेत गर्नुभएको थियो । किम यो जोङ त्यहाँ रहँदासम्म उहाँ विश्वभरका सञ्चारमाध्यमको आकर्षणको केन्द्र नै बन्नुभएको देखियो । 

उत्तर कोरियाली नेत्रीले सिर्जना गरेको सौन्दर्यको जादूलाई निस्तेज पार्न ट्रम्पले इभान्कालाई पठाएको विश्लेषण पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । तर जुन खालको उत्साह र मैत्रीको सञ्चार किम यो जोङले गर्नुभएको थियो, इभान्काले त्यो हदसम्म आफूलाई प्रस्तुत गर्न भने नसकेको बताइयो ।

दक्षिण कोरियाका सञ्चारमाध्यमले किम यो जोङ र इभान्काबीचको समानता र असमानताका बारेमा समाचार सामग्री प्रस्तुत गरिरहेका छन् । जे भएपनि कोरियाली प्रायद्वीपमा एउटा विश्वासको सञ्चार भएको छ । त्यसलाई शान्ति र सुसम्बन्धको मार्गमा डो¥याउन सके त्यसले विश्व समुदायलाई सकारात्मक प्रभाव पार्नेछ । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)