काठमाण्डौ । राष्ट्रव्यापी रुपमा लागू गरिएका लकडाउनका कारण आम उपभोक्ताको खरीद गर्ने तौरतरिकामा र चलनमा प्रभाव परेको छ । यसले कोरोनाको संक्रमण पूर्व मानिसहरु जसरी यात्रा गर्ने गर्दथे त्यो तरिकामा पनि परिवर्तन ल्याउने सम्भावना देखिएको छ । 

अमेरिकाको अटो टेक स्टार्टअप कार२४ले गरेको एउटा सर्वेक्षण अनुुसार अधिकांश यात्रुुहरुले कोरोना संक्रमण अन्त भएपछि आफूहरु यात्राका लागि निजी कारमा प्रयोग गर्ने योजना बनाइरहेका छन् । 

कोरोना संक्रमणबाट बच्नका लागि सामाजिक दुुरी कायम राख्नुु अनिवार्य भएकाले आफूहरुले यस्तो योजना बनाइरहेको उनीहरुले सर्वेक्षणमा बताएका छन् । यसका लागि कयौं मानिसहरु बजेट पनि छुुट्याइरहेका छन् । यसका साथै उनीहरु हवाई यातायातको महंगो टिकटको लागि बजेट कटौति गरिरहेका छन् । 

सर्वेक्षणमा भाग लिएका ४६ प्रतिशत मानिसहरुले महामारीका कारण बजेट घटाइरहेको बताए । ५० प्रतिशत मानिसहरुले लकडाउन अन्त्य भएपछि सेकेन्ड ह्याण्ड कार किन्ने योजना बनाएको बताएका छन् । सर्वेक्षणले एउटा अर्काे अनौठो र चाखलाग्दो कुुरा पत्ता लगाएको छ । सर्वेक्षणका अनुुसार गएको वर्ष नयाँ कार किन्ने योजना बनाएका २२.५ प्रतिशत मानिसहरुले आफ्नो सीमित बजेटका कारण अब सेकेन्ड ह्यान्ड कारलाई प्राथमिकतामा राख्ने बताएका छन् । 

विश्व महामारीका कारण खरीदकर्ताको बजेटमा आएको कमी,पारीवारीक आवश्यकता, र संक्रमण फैलने सक्ने जोखिमका कारण कार खरीद गर्ने गर्नेको संख्या बढ्नुु मुुख्य कारण हुुनसक्छ । 

सर्वेक्षणले जारी गरेको प्रतिवेदनका अनुुसार ४२ प्रतिशत मानिसहरुले आफुुहरुलाई परिवारका लागि कार खरीद गर्नुु पर्ने आवश्यकता महशुुस भएको बताएका छन् भने ५३ प्रतिशत मानिसहरुले अबको ६ महिनामा एउटा कार किन्ने योजना बनाइरहेको बताएका छन् ।
सिएनएन