काठमाण्डौ । कोरोना संक्रमणका कारण काठमाण्डौका एक वृद्धको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डौको बानेश्वरका ८५ वर्षीय पुरुषको असार १७ गते एक निजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

ती संक्रमितमा उच्च रक्तचाप र पार्किन्सनको समस्या समेत रहेको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना भएका ती वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३२ पुगेको छ । 

यसैगरी, पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ । 

यता, पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८२३ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ६ हजार १४३ पुगेको छ ।