काठमाण्डौ । कोरोना संकटले एकातिर विश्वको अर्थव्यवस्था तहसनहस पारिरहँदा अर्काेतर्फ यसले हाम्रो मानवियताको परिक्षा लिइरहेको छ । 

उसो त मानिस सामाजिक प्राणी हो । तर यतिबेला कोरोनाभाइरसबाट बच्न मानिसहरुले सामाजिक दुुरी बनाइरहेका छन् । 

यो भाइरसले हाम्रो रहनसहनदेखि लिएर खानपिन र जिउने तौरतरिका बदलिदिएको छ । हाम्रो पूर्विय संस्कृतिको सदियौ पुुरानो परम्परा नमस्कारलाई यसले पुुनजिर्वित गरेको छ । यसका साथै डिजिटल प्रविधिको उपयोगिताको महत्व पनि बढाइदिएको छ । 

समग्रमा भन्नुुपर्दा यो महामारीले हाम्रो सामाजिक बानी व्यहोरामा व्यापक परिर्वतन ल्याइदिएको छ । आउनुुस् यो महामारीले हाम्रो सामाजिक बानीव्यहोरामा कस्तो परिवर्तन ल्याएको छ त ? बुँदागत रुपमा हेरौं:

१.नमस्कारको परम्परा फेरि सुुरु
कोरोना सर्ने डरले मानिसहरु एकअर्कासँग हात मिलाउनबाट बचिरहेका छन् । यस्तोमा नेपालको आदर गर्दा गरिने नमस्कार अत्यधिक प्रयोगमा आइरहेको छ । इजरायली, अमेरीकी र अन्य देशका ठूला र प्रभावशाली नेताहरुले पनि नमस्कार गर्ने नेपाली परम्परालाई अपनाइरहेका छन् ।

नेपालको संस्कृतिको एक अभिन्न अंगको रुपमा रहेको नमस्कार गर्ने परम्परालाई केही नेपाली बिर्सीरहेका थिए । तर कोरोनाले उनीहरुलाई फेरी यसको महत्वबारे जानकार गराइदिएको छ । 

सामान्य अवस्थामा कसैलाई समस्या वा पीडा पर्दा उसलाई थमथमाउने र छोएर सान्त्वना दिने गरिन्छ । तर अहिले कोरोनाले गर्दा यो व्यवहारमा पनि परिवर्तन आएको छ । मानिसहरु अहिले एक अर्कालाई छुुनबाट बचिरहेका छन् । मानिसहरु एक अर्काको नजिक पनि आउन डराइरहेका छन् । पश्चिमी परम्परा अँगालो हाल्ने र चुुम्बन गर्ने बानीलाई मानिसहरु परित्याग गरिरहेका छन् । 

२.वर्क कल्चर र वर्क प्लेसको व्यवस्थामा हुुन सक्छ परिवर्तन, लैंगिक समानतालाई बढावा
कोरोनाभाइरसले विश्वका सबैजसो कम्पनीहरुलाई वर्क फर्म होमको अवधारणमा ढाल्न बाध्य बनाएको छ । आज लाखौ करोडौं कर्मचारीहरु घरमै बसेर अफिसको काम गरिरहेका छन् । कर्मचारीले घरबाट काम गर्न सक्दैनन् भन्ने कम्पनीको सोचलाई यो महामारीले बदलिदिएको छ । कर्मचारीले घरबाटै काम गर्ने कुुरालाइ सोच्न सम्म नसक्ने त्यस्ता कम्पनीहरुले अहिले कर्मचारीलाई घरबाटै काम गर्न भनिरहेका छन् । वर्क फर्म होमले लैंगिक समानतालाई पनि बढावा मिल्नेछ । नर्थवेस्ट युुनिर्भसिटीका प्रोफेसर मैथियास डोएपकेका अनुुसार वर्क प्लेसमा महिला र पुुरुषबीच काम र तलबलाई लिएर भेदभाव हुुने गर्दछ । तर वर्क फर्म होमले यसले यो असमानतालाई पनि हटाउन सक्नेछ । वर्क फर्म होमले लैंगिक समानतालाई बढावा दिइरहेको छ । विशेषज्ञका अनुुसार वर्क कल्चरमा यो नीतिले लामो समयसम्म काम गर्ने छ । 

३.अनलाइन सपिङ गर्ने बानीमा हुुनेछ वृद्धि
अब ई सपिङ केवल कपडा जुुत्ता, गरगहना, घडि जस्ता सामानमा मात्रै सीमित हुुने छैन । किनकी अहिले मानिसहरुले बाध्यतामै भए पनि अनलाइन सपिङलाई अपनाइरहेका छन् । जसको असर अब आउने वर्षहरुमा देखिनेछ । ग्रोसरी फुड, डेरीका सामान जस्ता आवश्यकीय सामानहरुको अनलाइन बिक्रीमा बढोत्तरी भइरहेको छ । 

४.भिडभाडवाला क्षेत्रमा जान बच्नेछन्, मल र सिनेमा घरमा भीड हुुनेछ कम
कोरोनाभाइरसको संक्रमणका कारण कयौ मानिस भिडभाड हुुने ठाउँमा जान र सार्वजनिक साधनको प्रयोगबाट बचिरहेका छन् । सहरका धेरै भीड हुुने ठाउँहरु यतिबेला सुनसान बनेका छन् । विशेषज्ञका अनुुसार अब आउने दिनहरुमा पनि मानिसहरु भिडभाड बढी हुुने ठाउँमा जानबाट बच्ने कोशिश गर्ने छन् । कोरोनाले मानिसहरुलाई गतिलो पाठ सिकाएको छ । मानिसहरु मल र सिनेमा घर जानबाट पनि बच्ने छन् । सिनेमा घर गएर फिल्म हेर्नुुका् साटो घरमै विभिन्न एपका माध्यमबाट घरमै बसेर फिल्म हेर्ने छन् । 

५.अनलाइन हुुनेछ पढाई, डिजिटल भुुक्तानीमा जोड
अहिले विश्वभरका कलेज र युुनिभरसिटीजहरु पढाइको तरिका परिवर्तन गर्न लागिपरेका छन् । भचुुअल क्लासको अवधारणाको प्रयोगमा वृद्धि भइरहेको छ । तमाम स्कुुल कलेज र विश्वविद्यालयले यसको सम्भावनालाई नजिकबाट नियालिरहेका छन् । यस्तोमा भविष्यमा विद्यार्थीहरुले भर्चुुअल क्लासलाई अंगाल्ने अभ्यास गर्न जरुरी छ । नोटबाट पनि कोरोना सर्नसक्ने भएकाले मानिसहरु डिजिटल पेमेन्टमा आर्कषित भइरहेका छन् । सरकार र केन्द्रिय बैंकहरुले पनि मानिसहरुलाई डिजिटल पेमेन्ट गर्न प्रोत्साहन गरिरहेका छन् । 

६.खानपिन र स्वस्थ बानी व्यहोरामा हुुनेछ परिवर्तन 
कोरोनाले सरसफाई र स्वस्थ बानी व्यहोराको महत्वलाई उजागर गरिदिएको छ । नेपालमा विकसित देशको जस्तो स्वस्थ बानीव्यहोरा नअपनाइने भएता पनि अहिले यसमा जोड दिन थालिएको छ । मानिसहरु स्वःस्र्फुत रुपमा आफ्नो र परिवारको स्वास्थ्यलाई ख्याल गरिरहेका छन् । नियमित हात धुुने र खाना पकाउन र खानमा मानिसहरु विशेष सावधानी अपनाइरहेका छन् ।