काठमाण्डौ। संयुक्त राष्ट्रसंघमा १९३ सदस्य देश छन्। अर्थात् यसले यति देशलाई मात्र मान्यता दिएको छ। विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार हालसम्म १८७ देशमा विश्व महामारी कोरोनाभाइरस फैलिसकेको छ।

चीनको वुहारमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले तीव्रगतिमा फैलिरहेको छ। यसका बाबजुद यस्ता ६ देश छन् जहाँ कोरोनाबाट संक्रमित भएका एकजना पनि फेला परेका छैनन्। 

आउनुस् जानौँ कुन–कुन हुन् ती देश-

भानुआतु : यो देशलाई कसै–कसैले भनुआटु पनि भन्छन्। यो प्रशान्त महासागरको एउटा द्वीप हो। यसको राजधानी पोर्ट भिला हो। यहाँ मुख्य रुपमा फ्रेन्च, अंग्रेजी र बिसालामा भाषा बोलिन्छ। 

यो देशको क्षेत्रफल १२ हजार १९० वर्गकिलोमिटर छ। यहाँको आवादी २२ लाख ४६ हजार छ। यो देशमा प्रायः भूकम्प, ज्वालामुखी विस्फोट, सुनामीजस्ता प्राकृतिक आपत् आइरहन्छ। यहाँ सन् २०१६मा करिब एक तिहाइ आवदी प्राकृतिक विपत्तिको सिकार भएका थिए। 

यत्तिका प्राकृतिक विपत्ति झेल्ने यो देशमा कोरोना भाइरसका संक्रमित भने एकजना पनि फेला परेका छैनन्। 

तुभालु : यो देश पनि प्रशान्त महासागर द्वीपमा अवस्थित छ। ग्लोबल वार्मिङका कारण यो देश पूर्ण रुपमा डुब्ने सक्ने बताइएको थियो तर उल्टो यो देशको क्षेत्रफल ३ प्रतिशतले बढ्यो। तुभालको क्षेत्रफल प्राकृतिक रुपले बढेको हो। 

तुभाल प्रशासन्त महासागरमा अस्ट्रेलियाको उत्तरपूर्वमा अवस्थित छ। यो देशको कुल क्षेत्रफल २६ वर्गकिलोमिटर छ। यहाँको आवादी केवल १० हजार मात्र छ। यो देशमा पनि कोरोनाको संक्रमण पुग्न सकेको छैन। 

सोलोमन आइल्यान्ड : सोलोमन द्वीप पापुआ न्युगिनीको पूर्वमा मेलानेसियामा करिब एक हजार द्वीप रहेको एउटा देश हो। यहाँको क्षेत्रफल करिब २८ हजार ४०० वर्गकिलोमिटर छ। यहाँको आवादी करिब १२ सय छ। यो देशको राजधानी गुआडलक्यानाल द्वीपमा रहेको होनिअरा हो। 

यो देशले सन् २०१९ मा चीनसँगको आफ्नो राजनीतिक सम्बन्ध गाँसेको छ। यो द्वीपमा प्राकृतिक रुपमा गहिरो पानीको बन्दरगाह छ। दोस्रो विश्वयुद्धको दौरान यहाँ जापानका नौसैनिक अड्डा थिए र युद्धका क्रममा यसले थुप्रै भयानक लडाइँ भोगेको छ। 

चीनसँग खास सम्बन्ध रहे पनि सोलोमनसम्म कोरोनाभाइरसको पहुँच पुगेको छैन। 

समाओ : यो पनि प्रशान्त महासागरको एउटा सानो द्वीपमा अवस्थित देश हो। यो देशको विशेष भनेको यो द्वीप विश्वको समयरेखामा रहेको अन्तिम देश हो। हरेक दिन घाम डुब्नुभन्दा पहिले यहीँबाट विश्वलाई अलबिदा भन्छ। 

यहाँको आवादी करिब २ लाख छ। यो न्युजिल्यान्डबाट सन् १९६२ मा स्वतन्त्र भएको हो। यहाँ थुप्रै पर्यटक आउँछन्। पर्यटकी देश समोआ हालसम्म कोरोनाबाट मुक्त छ। 

सेन्ट भिन्सेन्ट एन्ड दी ग्रेनेजियन्स : यो एउटा क्यारेबियन राष्ट्रमा अवस्थित एउटा सानो द्वीप देश हो। यहाँको जनसंख्या करिब १ लाख १० हजारको हाराहारीमा छ। यो वेस्ट इन्डिजअन्तर्गत पर्दछ। यो देशले प्रायः प्राकृतिक आपत झेलिरहने भए पनि अहिलेसम्म कोरोनाभाइरसको संक्रमण भने पुगेको छैन। यद्यपि यहाँ कोरोना रोकथामका लागि निकै तयारी भने गरिएको छ। 

पलाउ : प्रशान्त महासागरमा रहेको अर्को एउटा द्वीपमा यो देश बसेको छ। यो फिलिपिन्सको दक्षिणपूर्व र पापुआ न्यु गिनीको उत्तरमा अवस्थित छ। सन् १९९४ अक्टोबर १ मा यो संयुक्त राज्य अमेरिकाबाट स्वतन्त्र भएको थियो। पलाउको कुल क्षेत्रफल ४५९ वर्गकिलोमिटर रहेको छ। 

पलाउमा अंग्रेजी र पलाउअन भाषा बोलिन्छ। विश्व बैंकका अनुसार पलाउको आवादी केवल २१ हजार ५०३ रहेको छ। यो देश कोरोना भाइरसको चपेटाबाट बचेको छ। ​– एजेन्सी