काठमाण्डौ । कोरोनाभाइरसका कारण पूरै विश्वमा त्रासको वातावरण सिर्जना भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विश्वभर लागू भएका लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको छ । मनोरञ्जन क्षेत्रमा पनि यसको प्रभाव परेको छ । लामो समयसम्म कुुनै पनि चलचित्र रिलीज भएको छैन । तर यतिबेला एउटा फिल्म रिलिज भएको छ त्यो पनि कोरोनाभाइरसको विषय वस्तुमा आधारित । 

कोरोनाभाइरससँग सम्बन्धित यो विश्वको पहिलो फिल्म हो । यो फिल्मलाई चाल्र्स ब्यान्डले निर्देशन गरेका हुन्, जसको नाम कोरोना जोम्बिज हो । 

यो फिल्मलाई १० अप्रिलमा डिजिटल प्लेटफर्ममा रिलिज गरिएको थियो । फिल्ममा कोडि रेनी क्यामरन, रसेल कोकर र रोबिन सिड्नीले काम गरे्का छन् । 

फिल्मको स्टारकास्ट एकदमै छोटो छ र फिल्म निर्माण गर्दाखेरी सामाजिक दूरीको पूर्ण पालना गरिएको थियो । 

फिल्ममा कोरोनाले मृत्युु भएपछि मानिसहरु जोम्बी बनेको देखाइएको छ । निर्देशकले फिल्मलाई हरर शैलीमा प्रस्तुुत गरेका छन् । 

निर्देशक यो काममा कत्तिको सफल भएका छन् त्यो थाहा पाउन तपाइले फिल्म हेर्नुु पर्ने हुुन्छ । फिल्ममा कयौ रियल फुुटेजहरु पनि देखाइएका छन् । कोरोनाको बारेमा विश्वका ठूला नेताहरुले पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिहरुलाई फिल्मको हिस्साको रुपमा प्रयोग गरिएको छ । 

फिल्ममा कोरोना जोम्बीसँग लड्नका लागि प्रेसिडेन्ट कोरोना स्ट्यान्डको गठन गरिएको छ । यो फिल्ममा जम्मा तीनजना मात्रै कलाकार रहेका छन् । 

यसका साथै फिल्ममा अन्य दुुइवटा फिल्मलाई पनि जोडिएको छ । हेल अफ द लिभिङ डेड  र जोम्बिज् भर्सेस् स्ट्रिपर्स चलचित्रका केही अंश यो फिल्ममा प्रयोग गरिएको छ । 

यी दुुई फिल्मका अंशहरु जोडेर फिल्मलाई १ घण्टाको बनाइएको छ । कोरोना जोम्बिजको सुुटिङ केवल २८ दिनमा समाप्त भएको थियो । कोरोना जोम्बिजलाई डिजिटल प्लेटफर्म “फुुल मुुन फिचर्स” मा हेर्न सकिन्छ ।