काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारीको दोस्रो लहर सुुरु हुुन सक्ने चेतावनी दिएको छ।

डब्ल्यूएचओले कोरोनाको संक्रमणमा कमी देखिएका विश्वका देशहरुमा चाँडो नै संक्रमणको दोस्रो चरण देखिने सम्भावना रहेको जनाएको छ। कोरोनाका संक्रमणहरु कम देखिएका देशहरुले लकडाउनलाई खुुकुुलो पारेपछि ती देशहरुमा संक्रमण दोस्रो लहर देखिन सक्ने डब्ल्यूएचओले उल्लेख गरेको हो। 

डब्ल्यूएचओका आपतकालीन प्रमुुख माइक राइनले प्रेस ब्रिफिङका क्रममा भने, “अहिले विश्वका कयाँै देशहरुमा कोरोनाको संक्रमणमा कमी आएको देखिएको छ। तर मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा भने कोरोना संक्रमण तीव्रगतिमा बढिरहेको छ। आमरुपमा यो महामारी लहरहरु जसरी आउने गर्दछ। यसको अर्थ कोरोनाका संक्रमण घटेका देशहरुमा फेरि नयाँ केसहरु देखिने छन्।”  

यसका साथै राइनले कारोना नियन्त्रण र रोकथामका लागि लागू गरिएका उपायहरुलाई खुुकुुलो पार्न हतार गरिए संक्रमणको दोस्रो लहर झनै खतरनाक हुुने चेतावनी दिए। “हामीले यो तथ्यमाथि ध्यान दिन आवश्यक छ कि यो रोग कुुनै पनि समय फेरि फैलन सक्छ। अहिले संक्रमणका घटनामा नियन्त्रण देखिएका देशहरुमा फेरि यो देखिन सक्दैन भनेर हामीले ढुुक्क भएर भन्न सक्दैनौँ”, उनले भने। 

यसका साथै राइनले युुरोप र अमेरिकामा सार्वजनिक स्वास्थ्य, सामाजिक मापदण्ड र परीक्षणलाई जारी राखिरहनुु पर्ने र संक्रमणको दोस्रो लहर नफैलोस भनेर सुुनिश्चित हुुनुुपर्नेमा जोड दिए। – एजेन्सी