काठमाण्डौ । भीडभाड बढेर कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवालाई आगामी आइतबारदेखि नयाँ ढाँचाअनुसार व्यवस्थित गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बुधबार एक सूचना प्रकाशित गर्दै सेवा प्रवाहको ढाँचा आइतबारदेखि केही फरक हुने प्रष्ट पारेको हो। 

नयाँ व्यवस्थाअनुसार आइतबार काठमाण्डौ महानगरपालिकाका बासिन्दाले प्रशासन कार्यालयबाट विभिन्न सेवा पाउनेछन् । नागरिक प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी, हातहतियार दर्ता नवीकरण जस्ता सेवा महानगरबासीले आइतबार पाउनेछन् । 

यस्तो सेवा सोमबार किर्तिपुर, नागार्जुन, र चन्द्रागिरी नगरपालिकाका बासिन्दाले पाउनेछन् भने मंगलबार पनि काठमाण्डौ महानगरपालिकाका बासिन्दाकै लागि छुट्याइएको छ । 

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दाले सेवा पाउनेछन् भने बिहीबार पनि काठमाण्डौ महानगरका बासिन्दाकै पालो हुनेछ । 

शुक्रबार भने गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका बासिन्दाले सेवा पाउनेछन् । 

पत्रपत्रिका, संघसंस्था दर्ता र नवीकरणको सेवा पनि बार अनुसार छुट्याइएको छ । जसअनुसार सोमबार र बुधबार संघसंस्था दर्ता, आइतबार मंगलबार र बिहीबार संघसंस्था नवीकरण, पत्रपत्रिका, छापाखाना दर्ता र विधान संसोधनको काम शुक्रबार मात्र गर्न सकिनेछ। 

जिल्ला प्रशासन काठमाण्डौले जारी गरेको नयाँ नियम यस्तो छः