काठमाण्डौ। प्राणघात कोरोनाभाइरसबाट विश्वरभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ भने संक्रमितको संख्या पनि ४.५ लाखमाथि पुगेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोनोभाइरसबाट ३ लाख ३ हजार ३७१ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि ४५ लाख २५ हजार ४२० पुगेको छ। संक्रमितमध्ये १७ लाख ३ हजार ८०८ निको भएका छन्। 

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भइरहेको छ। अमेरिकामा मात्रै शुक्रबार बिहानसम्म ८६ हजार ९१२ जनाको ज्यान गइसकेको छ। 

अमेरिकामा संक्रमितको संख्या १४ लाख ५७ हजार ५९३ पुगेको छ। तीमध्ये ३ लाख १८ हजार २७ जना निको भइसकेका छन्। – एजेन्सी