काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा सातौं मृत्यु भएको छ । 

दैलेखको दुल्लु नगरपालिकाले वडानम्बर ७ मा व्यवस्थापन गरेको क्वारेन्टिनमा शनिवार बिहान अचानक मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृत्यु हुने ३५ वर्षीय युवा १० दिनअघि भारतबाट आएका थिए । उनी दुल्लु ११ का हुन् । 

स्वास्थ्य मन्त्रालयस्थित स्रोतका अनुसार ती युवाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

मन्त्रालयका अनुसार ती युवकको थ्रोट स्वाब तीन दिनअघि परीक्षणका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । ती युवाकको मृत्यु भएको केही घण्टामै रिपोर्ट पनि पोजिटिभ आएको हो । 

शनिबार बिहान चियानास्ता गरी क्वारेन्टिन स्थलमै हिँड्दा हिँड्दै अचानक बेहोस् भई ढलेका थिए । केही बेरमै उनलाई मृत घोषणा गरिएको थियो ।