काठमाण्डौ । चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त पारेको छ। अहिलेसम्म यो भाइरसबाट विश्वभरका ६१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। मृत्युु हुनेको संख्या पनि ३ लाख ७० हजार पार भइसकेको छ। 

एसियाली देशहरुभन्दा युुरोप र अमेरिकामा कोरोनाका संक्रमित र मृत्युु हुुनेको संख्या धेरै रहेको छ। कयौँ एसियाली देशहरुको स्वास्थ्य प्रणाली पश्चिमा देशहरुको तुुलनामा कमजोर रहेका छन् तर पनि कोरोनाबाट मृत्युु हुुनेको संख्या यहा कम देखिएको छ। विशेषज्ञहरुका अनुुसार पश्चिमा देशहरुमा बढी मृत्युु देखिनुुका कयौँ कारण छन्। 

पाको उमेरका मानिसको संख्या उच्च

डाक्टरहरुका अनुुसार अन्य उमेर समूहका मानिसभन्दा पाको उमेरका मानिसमा कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ। कोरोनाबाट मृत्युु हुुने मामिलामा पनि पाको उमेरका मानिसकै संख्या अधिक देखिएको छ। सन् २०१५ मा अमेरिकामा ७० वर्षभन्दा माथिका मानिसको जनसंख्या १० प्रतिशत थियो भने इटलीमा १६ प्रतिशत। 

यो तर्कमा जापान र ब्राजिल भने अपवादका रुपमा देखिएका छन्। ब्राजिलमा युुवाको जनसंख्या जापानको तुुलनामा कयौँ गुुणा धेरै छ तर त्यहाँ कोरोनाबाट २७ हजारभन्दा धेरैको मृत्युु भइसकेको छ। जापानमा पाका उमेरका मानिसको संख्या धेरै रहेको छ तर त्यहाँ कोरोनाबाट मृत्युु हुुनेको संख्या हजारभन्दा कम छ। योबाट के प्रमाणित हुुन्छ भने अधिक मृत्युु दरका लागि केवल उमेरमात्रै जिम्मेवार हुुँदैन। 

वासिङ्टन पोस्टका अनुुसार जापानमा सरसफाइ र मास्क लगाएर हिँड्ने राम्रो संस्कार छ र मानिसहरु हात मिलाउनुुको साटो शिर झुुकाएर अभिवादन गर्ने गर्दछन्। यसका साथै जापानमा सबैका लागि स्वास्थ्य सुुविधाको प्रावधान पनि गरिएको छ र वृद्धवृद्धाको उचित ख्याल राख्ने गरिन्छ। सायद यिनै कारणले जापानमा कम मृत्युु दर देखिएको हुुन सक्ने विज्ञहरुले औँल्याएका छन्। 

मोटोपन र अन्य रोगहरु 

कयौँ रिर्पोट र अनुुसन्धानअनुुसार अन्य व्यक्तिको तुुलनामा मोटोपनका समस्या भएका व्यक्तिमा कोरोना संक्रमणको जोखिम उच्च हुुन्छ। यसमा उच्च रक्तचाप र मधूमेहका बिरामी पनि पर्दछन्। एसियाली देशरुको तुुलनामा पश्चिमा देशहरुमा मोटोपनको समस्या धेरै देखिएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुुसार सन् २०१६ मा अमेरिकामा १८ वर्षभन्दा माथिका ३६ प्रतिशत मानिस मोटोपनको सिकार भएका थिए। इटलीमा यो संख्या २० प्रतिशत थियो भने जापानमा जम्मा ४ प्रतिशतमात्रै। सन् २०१७ मा अमेरिकामा करिब १० प्रतिशत मानिसमा मधूमेह देखिएको थियो। त्यस्तै मुुटुुको रोगबाट मृत्युु हुुनेको प्रति लाखमा १५१ थियो। तर विशेषज्ञहरुले अहिले कोरोनाको संक्रमण लगातार बढिरहेकाले मोटोपन र अन्य रोगका कारण बढि मृत्युु दर देखिएको भनेर भन्न हतार हुुने बताएका छन्। 

वंशाणुुगत भिन्नता 

अध्ययनहरुका अनुुसार युुरोपमा कोरोनाबाट धरैको मृत्युु हुुनुुको सम्बन्ध जेनेटिक्ससँग हुुन सक्छ। कोरोनाभाइरस कोशिकाहरुको सतहमा एसीई–२ रिसेप्टरमा टासिएर संक्रमण फैलाउने गर्दछ। तर एसीई–१ जिनको उपस्थितिले एसीई–२ लाई प्रभावित पार्ने गर्दछ। यसबाट एसीई–२ रिसेप्टरहरुको संख्या कम हुुने गर्दछ र संक्रमणको खतरा पनि कम हुुने गर्दछ। 

आँकडाहरुका अनुुसार युरोपका मानिसमा एसीई–१ जिनको फ्रिक्वेइन्सी कम देखिएको छ। त्यहाँ संक्रमण र मृत्युुको दर बढी देखिएको छ। विशेषगरी युुरोपमा यस्तो देखिएको छ। 

युुरोपमा म्युुटेसन 

क्याम्ब्रिज युुनिभर्सिटीका अनुुसन्धानकर्ताका अनुुसार कोरोनाभाइरस एसिया क्षेत्रबाट युुरोप पुुग्दासम्म भाइरसले आफ्नो रुप परिवर्तन गर्यो र धेरै खतरनाक हुुन पुुग्यो। अनुुसन्धानकर्ताका अनुुसार कोरोनाभाइरसका तीनवटा रुप देखिएका छन् ‘ए’, ‘बी’ र ‘सी’। 

बी स्ट्रेन पूर्वी एसियाली देशहरुमा फैलिएको छ। ‘ए’ र ‘सी’ ले भने अमेरिका र युुरोपमा कहर मच्चाइरहेका छन्। तथापि यो भाइरसको अलग–अलग रुपका बारेमा पर्याप्त डेटा उपलब्ध हुुन सकेको छैन। 

कडा लकडाउन 

कडा लकडाउनको सम्बन्ध संक्रमण र मृत्युुमा देखिएको हुुन सक्ने विज्ञहरुले बताएका छन्। स्विडेन, इरान र टर्कीले कडा लकडाउन लागू गरेका थिएनन्। त्यसैले त्यहाँ कोरोनाको मृत्युु दर उच्च छ। तथापि जापानमा पनि कडा लकडाउन लागू गरिएको थिएन। तैपनि त्यहा कम मृत्युु दर देखिएको छ। – एजेन्सी