काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख नजिक पुगेको छ।

वल्र्ड मिटरका अनुसार शनिबार बिहानसम्म यो महामारीबाट विश्वभर ३ लाख ९८ हजार १४६ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट हालसम्म विश्वभर ६८ लाख ४४ हजार ७९६ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३३ लाख ४८ हजार ८६० जना बिरामी निको भएर घर फर्किसकेका छन्। 

कोरोनाबाट अतिप्रभावित अमेरिकामा हालसम्म १९ लाख ६५ हजार ७०८ जना संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ११ हजार ३९० जनाको ज्यान गइसकेको छ भने ७ लाख ३८ हजार ६४६ निको भएर घर फर्किएका छन्। 

अहिले ब्राजिलमा यो भाइरस भुसमा आगो फैलिएसरह भएको छ। हालसम्म ६ लाख ४६ हजारमा कोरोना संक्रमण देखिएको ब्राजिलमा ज्यान गुमाउनेको संख्या ३५ हजार नाघेको छ। ब्राजिलमा स्वास्थ्यलाभ गर्नेको संख्या पनि ३ लाख बढी नै छ। 

रसियामा शनिबार बिहानसम्म ४ लाख ४९ हजार ८३४ जनामा यो संक्रमण देखिएको छ। तीमध्ये ५ हजार ५२८ जनाको ज्यान गइसकेको छ भने २ लाख १२ हजार ६८० जना निको भएर घर फर्किसकेका छन्। 

छिमेकी मुलुक भारतमा पनि यो संक्रमण दिनानुदिन बढ्दै गएको छ। संक्रमितको सख्या ह्वात्तै बढेसँगै भारत अतिप्रभावित देशको सूचीमा छैटौँ स्थानमा उक्लिएको छ। 

भारतमा शनिबार बिहानसम्म २ लाख ३६हजार मानिस संक्रमित भइसकेका छन्। जसमध्ये ६ हजार ६४९ जनाको ज्यान गइसकेको छ भने १ लाख १३ हजार २३३ जना निको भएका छन्। – एजेन्सी